जाजरकोटमा वागी उम्मेद्वारले लिए नाम फिर्ता, पूर्वगृहमन्त्री बस्नेतलाई राहत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
जाजरकोटमा वागी उम्मेद्वारले लिए नाम फिर्ता, पूर्वगृहमन्त्री बस्नेतलाई राहत

सारांश

  • काठमाडौं ।
  • जाजरकोटमा माओवादी केन्द्रका वरिष्ट नेता एवंम् पुर्व गृहमन्त्री शक्तिबहादुर वस्नेतविरुद्ध वागी उम्मेदवारी दिने एमाले नेता गोविन्द्र विक्रम शाहले उम्मेवारी फिर्ता लिने भएका छन् ।
  • राप्रपाबाट एमालेमा प्रवेश गरेका नेता शाहले पार्टी केन्द्रको निर्देशनपछि उम्मेदवारी फिर्ता लिने भएका हुन ।

काठमाडौं । जाजरकोटमा माओवादी केन्द्रका वरिष्ट नेता एवंम् पुर्व गृहमन्त्री शक्तिबहादुर वस्नेतविरुद्ध वागी उम्मेदवारी दिने एमाले नेता गोविन्द्र विक्रम शाहले उम्मेवारी फिर्ता लिने भएका छन् ।

राप्रपाबाट एमालेमा प्रवेश गरेका नेता शाहले पार्टी केन्द्रको निर्देशनपछि उम्मेदवारी फिर्ता लिने भएका हुन । उनले वस्नेतविरुद्ध जाजरकोटमा वागी उम्मेदवारी दिएका थिए ।

एमाले र माओवादी केन्द्रको बाम गठवन्धनले केन्द्रमा वस्नेतलाई र प्रदेशमा एक–एक सिट बांडफांड गर्ने सहमती भएपनि एमालेका उम्मेदवारले केन्द्र र प्रदेश दुवैमा वागी उम्मेदवारी दिएका थिए ।

पुर्व गृहमन्त्री समेत रहेका माओवादी नेता वस्नेतसंगको छलफलपछि शाह उम्मेदवारी फिर्ता लिन तयार भएका हुन । उनले पार्टी केन्द्रको निर्देशनलाई आफुले मानेर जाने बताएका छन् ।

जाजरकोट माओवादी केन्द्रका नेता अमरसिंह राठौरले एमाले नेता शाह उम्मेद्धवारी फिर्ता लिन सहमत भएको जानकारी दिए । ‘भर्खरै हाम्रो उहासंग छलफल भएको थियो, उहाले पार्टीको निर्देशनबमोजिम आफुले उम्मेदवारी फिर्ता लिने भन्नुभएको छ ।’ राठौरले  भने ।

नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले बाम गठबन्धनविरुद्ध वागी उम्मेदारी दिने नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिएको थियो । पार्टीको निर्देशनपछि वागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने क्रम सुरु भएको छ ।

आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वानका लागि मनोनयन दर्ताका क्रममा एमाले, माओवादीका कतिपय नेता, कार्यकर्ता वाम गठबन्धनका उम्मेदवारविरुद्ध वागी उम्मेदवार बनेपछि दुबै दलले कडा कारवाहीको चेतावनी दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?