रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
सारांश
- काठमाडौं ।
- कृषि विकास मन्त्री रामकृष्ण यादवले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर चुनावमा जाने बताएका छन्।
- रिपोर्टर्स क्लब नेपालले बिहिबार गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले पार्टीका कार्यकर्ता र जनताको चाहना बमोजिम रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर निर्वाचनमा जाने तयारीमा पार्टी जुटेको जानकारी दिए।
काठमाडौं । कृषि विकास मन्त्री रामकृष्ण यादवले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर चुनावमा जाने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले बिहिबार गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले पार्टीका कार्यकर्ता र जनताको चाहना बमोजिम रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर निर्वाचनमा जाने तयारीमा पार्टी जुटेको जानकारी दिए।
क्लबका सभापति ऋषि धमलाको अध्यक्षता सम्पन्न साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने, ‘पार्टीले यसका बारेमा गम्भीर भएर सोच्नुपर्छ, पौडेललाई अघि सारेर निर्वाचनमा जादा पार्टीलाई फाईदा हुन्छ, पार्टीले यसका बारेमा छिट्टै आधिकारिक निर्णय गर्नेछ, पार्टीका वरिष्ट नेता रामचन्द्र पौडेलले जीवनका १४ वर्ष जेल भोग्नु भएको छ, जनता र पार्टीका कार्यकताले उहाँलाई नै अघि सारेको देख्न चाहेका छन, यसमा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले पौडेललाई अघि सार्ने निर्णय गर्नुहुनेछ।’
तोकिएको समयमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै मन्त्री यादवले भने,‘सरकार तोकिएकै समयमा निर्वाचन गर्नेमा जुटिरहेको छ, तोकिएको समयमा चुनाव हुने कुरामा कसैले शंका नगरे हुन्छ, बरू निर्वाचनमा सबैले मत हाल्ने वातावरण सिर्जना गर्नतर्फ लाग्नुपर्छ, मंसिर १० र २१ गतेको निर्वाचन तोकिएको समयमै हुन्छ।’
नेपालको लोकतन्त्रतान्त्रि आन्दोलनमा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले खेलेको भूमिकाको मुक्तकण्ठले प्रसंशा गर्दै मन्त्री यादवले रौतहट ४ बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि उम्मेदवार बनाउन काँग्रेस तयार रहेको बताए।
उनले भने, ‘धमालाले लोकतन्त्र स्थापनाको लागि निक्कै ठूलो संघर्ष गर्नु भएको व्यक्ति हो, कांग्रेसले त्यसको उचित मूल्याङ्कन गर्नेछ, उहाँले प्रेस स्वतन्त्रता आन्दोलनमा पनि उल्लेखनीय भूमिका खेल्नुभएको छ, उहाँ जस्तो योग्य सक्षम व्यक्तिले काँग्रेसले उम्मेद्वार बनाउँदा फाईदा हुन्छ, मधेशमा उहाँको माग छ जनताको बीचमा लोकप्रिय हुनुहुन्छ, यसका बारेमा पार्टीभित्र छलफल सुरु भएको छ, उहाँलाई चुनावमा उट्न आग्रह गर्छ।’
ट्याक्टर खरिदमा लाग्ने भ्याटको बारेमा मन्त्रालय गम्भीर रहेको बताउँदै मन्त्री यादवले कृषकहरुको हितमा काम गर्ने वचन दिएका छन्।
त्यस्तै कार्यक्रममा नेपालबार एशोसियशनका अध्यक्ष शेर बहादुर केसीले हिजो सर्वोच्च अदालतले दिएको आदेशलाई निर्वाचन आयोगले कार्यन्वय गर्नुपर्ने बताएका छन्।
प्रत्यक्ष निर्वाचनमा प्रतिनिधि सभा र केन्द्र सभाको लागि फरक–फरक मतपत्रको माध्यायमबाट निर्वाचन गर्नुपर्ने बाध्यात्मक कानुनी व्यबस्थालाई निर्वाचन आयोगले पालना गर्नुपर्ने बताउँदै बार अध्यक्ष केसीले भने,‘म त दुईवटा निर्वाचन फरक समयमा हुनुपर्छ भन्ने मानिस हुँ।’
उनले अघि थपे,‘निर्वाचन आयोगले एकैचोटी गर्ने निर्णय गर्यो, अदालतले फरक फरक मत पत्रमा निर्वाचन गराउनुपर्छ भन्ने आशयले हिजो फैसला सुनाएको छ, निर्वाचन आयोगको हालसम्मको कार्यप्रगती विवरण मागेको छ, निर्वाचन आयोगले अदालतको आदेशलाई मान्नुपर्छ।’
त्यस्तै वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्चको आदेशले दुईवटा मतपत्र छाप्नुपर्छ भनेर आदेश नदिएको जिकिर गरे ।
उनले भने, ‘सर्वोच्च अदालतले हिजो गरेको फैसला केवल मानहानी सम्बन्धि हो, आजसम्मको प्रगती विवरण मागेको मात्रै हो, निर्वाचन आयोग भोलिदेखि मतपत्र छाप्ने गृहकार्यमा जुटेको छ, यस्तो अवस्थामा निर्वाचन नहोस भन्नेहरू अदालतको आदेशलाई सिरानीमा हालेर गलत प्रचार गरिहेका छन्, यस्तो गलत प्रचारको निर्वाचन आयोगले डर मान्नुपर्ने कारण छैन्।’
निर्वाचन आयोगले छाप्न लागेको मतपत्र दुई प्रकारको रहने दाबी गर्दै अधिवक्ता भट्टराईले माथि प्रत्यक्ष र तल समानुपातिक गरि एउटैमा दुई वटा काम सम्पन्न हुने दाबी गरे ।
उनले भने,‘आयोगले छाप्न लागेको मतपत्र पनि दुई वटा नै हो, माथि प्रत्यक्ष र तल समानुपातिक हुनेछ, यस्तो अवस्थामा किन गलत प्रचार गरेर जनतालाई अन्योलमा पार्न खोजिदैछ? यस्ता गलत हल्लाको पछि नलाग्न सबैलाई आग्रह गर्दछु।’
जे.पि. शर्मा कडरिया
बिचरा उनलाई उम्मेदवार चाॅहि एसपालि
पनि बनाउने भएछ कंग्रेसले ।
Shyam Tumrok
नहुनेबेलामा जे बनाउने भनेपनी के अर्थ र ?
Narajang Gurung
अनि देउपा लाई ?
Db Bhandari Barud
जित्नु परोनी
Tn Khanal
नहुने बेलामा यिनको पालो आएछ ।कठै बरा ।
Dhan Bahadur Budha
काङ्ग्रेसले रामचन्द्र पौडेललाइ प्रधानमन्त्री नबनाऐ चुनाव बैस्कार गर्छ हेरन सेरेको बेहोरा
Babu Ram Paudel
Nepal ko pm tastai ho congress ko pm hola !!!
Parivartan Jimba
यिनलाई बालीको नै बनाउने भए!!
Badri Prasad Dahal
जुन बेला सम्भावना छैन त्यही बेला प्रमकाे प्रस्ताव , मनकाे लड्डू घिउसित ।
Ram Karki
रामचन्द्र हैन गगन लाई बनाएचाही केही होला नत्र त उहीँ हो
Damodar Lamsal
यी रामचन्द्र पौडेलको टाउकोमा प्र म हुने लेखेको रहेनछ।जब नहुने बेलामा प्र म बनाउछकाङ्ग्रेसले।सत्रपल्ट हराए फेरी अठारौपटक पुग्ने भयो देउवाले चक्लेट खुवाएर मख्ख पारेछन्।सम्सदिय चुनावबाटै आउने होकि होइन के प्र म?रामचन्द्रपनि केटा केटीनै रहेछन।
Arun Karki
एमाले माओबादी सहितको बाम गठबन्धनको बहुमत आउने पक्का छ।अब रामचन्द्र पौडेल प्रधानमन्त्रीको उम्मेदवार हुने भनेकै यस्तै बेला हो। बहुमत पुग्दा त प्रधानमन्त्री बन्न शेर बहादुर छदै छन नी।फेरि चुनाव नै जित्न पनि यिनलाई मुस्किलै छ।