सत्ताको भोक र नैतिकताको संकट: इतिहासको एउटा नमीठो पाठ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २५, २०८२
|
|
४० पटक हेरिएको
Shares
सत्ताको भोक र नैतिकताको संकट: इतिहासको एउटा नमीठो पाठ

सारांश

  • सत्ताको अतृप्त भोकले मानिसको विवेक र मतिलाई कसरी भ्रष्ट बनाउँछ भन्ने ज्वलन्त उदाहरण हाम्रो आफ्नै राजनीतिक इतिहासमा कोरिएको छ।
  • कुनै समय आदरणीय नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर जनतासँग भोट मागिएको थियो।
  • तर, चुनाव जितेपछि नैतिकताको पर्खाल भत्काउँदै गिरिजाप्रसाद कोइराला आफैँ प्रधानमन्त्रीको कुर्सीमा आसिन भए।

सत्ताको अतृप्त भोकले मानिसको विवेक र मतिलाई कसरी भ्रष्ट बनाउँछ भन्ने ज्वलन्त उदाहरण हाम्रो आफ्नै राजनीतिक इतिहासमा कोरिएको छ। कुनै समय आदरणीय नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर जनतासँग भोट मागिएको थियो। तर, चुनाव जितेपछि नैतिकताको पर्खाल भत्काउँदै गिरिजाप्रसाद कोइराला आफैँ प्रधानमन्त्रीको कुर्सीमा आसिन भए। त्यो एउटा क्षणिक सत्ताको जित थियो होला, तर त्यसले नेपाली कांग्रेसको आदर्श र साखमा जुन गहिरो चोट पुर्यायो, त्यसको क्षतिपूर्ति पार्टीले आजसम्म पनि गर्न सकेको छैन।

इतिहासले हामीलाई सधैं ऐना देखाउने गर्छ, तर विडम्बना हामी त्यसबाट सिक्न कहिल्यै तयार हुँदैनौँ। जनतासँग एउटा वाचा गर्ने र शक्तिमा पुगेपछि अर्कै खेल खेल्ने प्रवृत्तिले अन्ततः लोकतन्त्रको जरा नै खोक्रो बनाउँछ। राजनीतिमा विश्वास नै सबैभन्दा ठूलो पुँजी हो; जब त्यो पुँजीमा नै छलछाम गरिन्छ, तब जनताको भरोसा टुट्न पुग्छ। हिजोका दिनमा ‘आउने’ र ‘मान्ने’ भनिएका कतिपय आदर्शहरू आज नामेट भइसकेका छन्।

त्यसैले, वर्तमानका शासकहरूले बुझ्न जरुरी छ कि सत्ता क्षणभंगुर हुन्छ, तर इमानदारिता अमर रहन्छ। जनतासँग जे भनेर भोट मागिएको छ, त्यसमा कहिल्यै कपट नहोस्। यदि वाचा र व्यवहारमा आकाश–जमिनको फरक भइरह्यो भने, इतिहासले कसैलाई पनि क्षमा गर्ने छैन। सत्ता पाउनु मात्र सफलता होइन, पाएको सत्तालाई नैतिकताको जगमा उभ्याउन सक्नु नै वास्तविक नेतृत्व हो। हिजोका गल्तीहरू नदोहोरिउन् र राजनीतिमा फेरि एकपटक निष्ठाको दियो बलिरहोस् भन्ने नै आजको आम चाहना हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?