काँग्रेससँग तालमेल गर्न राजपालाई भारतीय राजदूतको दवाब

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
काँग्रेससँग तालमेल गर्न राजपालाई भारतीय राजदूतको दवाब

सारांश

  • काठमाडौं— भारतीय संस्थापन पक्ष र भारतीय राजदुत मञ्जिब सिंह पुरीले प्रदेश नम्बर २ लगायतका स्थानमा सत्तारुढ नेपाली कांग्रेससँग मिलेर चुनाव लड्न राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब बढाएका छन्।
  • लैनचौरस्थित दुतावासमा बोलाएर तथा टेलिफोनमार्फत निरन्तर दबाब बढाए पनि राजपाका शीर्ष नेताले भारतीय संस्थापन पक्षको दबाबलाई भने अस्वीकार गरेका छन्।
  • प्रदेश नम्बर २ को राजमार्ग क्षेत्र र अन्य प्रदेशमा सहकार्य÷तालमेल गर्न सकिने विकल्प भने राजपा नेताले खुल्ला राखेका छन्।

काठमाडौं— भारतीय संस्थापन पक्ष र भारतीय राजदुत मञ्जिब सिंह पुरीले प्रदेश नम्बर २ लगायतका स्थानमा सत्तारुढ नेपाली कांग्रेससँग मिलेर चुनाव लड्न राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब बढाएका छन्।

लैनचौरस्थित दुतावासमा बोलाएर तथा टेलिफोनमार्फत निरन्तर दबाब बढाए पनि राजपाका शीर्ष नेताले भारतीय संस्थापन पक्षको दबाबलाई भने अस्वीकार गरेका छन्। प्रदेश नम्बर २ को राजमार्ग क्षेत्र र अन्य प्रदेशमा सहकार्य÷तालमेल गर्न सकिने विकल्प भने राजपा नेताले खुल्ला राखेका छन्।

गत सोमवार बिहान लैनचौरमा बोलाएर दवाब बढाए पनि राजपाका शीर्ष नेताले भने त्यसलाई तत्काल अस्वीकार गरेको एक अध्यक्षले बताए। ‘प्रदेश नम्बर २ मा काँग्रेसलाई केही स्थान छाड्नलाई राजदुतज्यूको दवाब थियो तर राजपाले सिधै अस्विकार ग¥यो,’ उनले नागरिकन्युजसँग भने, ‘बरु, प्रदेश नम्बर २ को राजमार्ग क्षेत्र र प्रदेश नम्बर १ र ५ मा तालमेल हुन सक्छ, कोर मधेस क्षेत्रमा गर्न सकिएन भन्यौं।’

‘राजदुतज्यूले नामै किटेर निधिजी, अमेरशजी, किरणजी र पदमनारायण चौधरीलाई सहज हुने गरी चुनावी तालमेल गर्न दवाब दिनुभयो तर राजपाले मानेको छैन, कुराकानी हुँदैछ,’ ती अध्यक्षले अगाडि भने,‘भारतीयहरुले जुन क्षेत्र छाड्न दवाब दिएका छन, त्यही नै राजपाका शीर्ष नेता उठदैछन्।’

नका अनुसार राजमार्ग क्षेत्रमा पर्ने सबै जसो निर्वाचन क्षेत्रमा कांग्रेसलाई सघाउन सकिने जवाफ दिइएको छ। भारतीय संस्थापन पक्ष र राजदूत पुरीले बिमलेन्द्र निधि, अमरेशकुमार सिंह, किरणकुमारी यादव, पदमनारायण चौधरीको निर्वाचन क्षेत्रलाई राजपाले छाडिदिनु पर्ने भन्दै दवाब बढाएका छन्।

‘राजदुतज्यूले नामै किटेर निधिजी, अमेरशजी, किरणजी र पदमनारायण चौधरीलाई सहज हुने गरी चुनावी तालमेल गर्न दवाब दिनुभयो तर राजपाले मानेको छैन, कुराकानी हुँदैछ,’ ती अध्यक्षले अगाडि भने,‘भारतीयहरुले जुन क्षेत्र छाड्न दवाब दिएका छन, त्यही नै राजपाका शीर्ष नेता उठदैछन्।’

उनका अनुसार भारतीय पक्षले निधिको नाम सिफारिस भएको धनुषा–३ मा राजपा अध्यक्ष राजेन्द्र महतो उठ्न लड्दैछन्। काँग्रेसका निधि, एमालेका रघुवीर महासेठसहित राजपाका महतो सो क्षेत्रबाट सिफारिस भएका छन्। गृह जिल्लामा असहज महशुश गरेका अध्यक्ष महतोलाई राजपाले धनुषा–३ बाट उठाउने अन्तिम तयारी छ। त्यसैगरी किरणकुमारी यादवलाई छाडन भनिएको महोत्तरी–२ बाट भने राजपाका अर्का अध्यक्ष शरदसिंह भण्डारी उठ्दैछन्। भण्डारीले सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गर्ने भनेर पूर्ण तयारीमा पुगिसकेका छन्।

अमरेश सिंह लड्ने भनिएको सर्लाही–४ मा भने राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई भारतीय संस्थापन पक्षको सुझावमा समानुपातिक सुचीमा यसअघि नै समावेश गराई सकिएको छ। सिंहसँग पराजित भएका ठाकुरले प्रत्यक्षतर्फ लड्नु पर्ने भन्दै आवाज उठे पनि भारतीय पक्षले सो क्षेत्र छाडेर महोत्तरी–३ जानका लागि सुझाव दिएका छन्। समानुपातिक सुचीको पहिलो नम्बरमा भए पनि अन्तिममा प्रत्यक्षतर्फ निर्वाचन लडने सम्भावना उत्तिकै भएको राजपाका नेताहरु बताउँछन्।

पर्सा–४ मा रमेश रिजालका लागि छाडिदिनु पर्ने तर्क भारतीय संस्थापन पक्षको रहेको छ। तर सो क्षेत्रवाट राजपाका लक्ष्मणलाल कर्ण उठने पक्का भएको छ। सुरुमा संघीय फोरमले लिने भनिएको उक्त क्षेत्रबाट कर्ण उठेमा सघाउने प्रतिवद्धता उपेन्द्र यादवले दिइसकेका छन्। सोको जानकारी पनि भारतीय संस्थापन पक्षलाई दिइएको छ।

त्यसो त पदमनारायण चौधरी लड्ने भनिएको सिरहा–१ मा उपेन्द्र यादवको संघीय समावादी फोरम नेपालको भागमा परेको छ। राजपाबाट उम्मेदवारी नजाने भए पनि गठबन्धन गरेपछि अनिवार्य रुपमा संघीय फोरमलाई सहयोग गर्नै पर्ने तर्क शीर्ष नेताले राखेर फर्किएका छन्। राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले काँग्रेसका केही नेता उम्मेदवार हुने क्षेत्रमा चुनाब नलड्न अाग्रह गरेको बताए। ‘काँग्रेसका साथीहरुले केही हेविभेटका क्षेत्रमा चुनाव नलडिदिनु भन्ने आग्रह थियो, छलफल हुदैँछ’, उनले भने।

राजपा र संघीय फोरमले कांग्रेसका लागि कति सिट छुटाउने भन्नेमा छलफल गरेर निष्कर्ष निकालिने उले बताए। प्रदेश १ र ५ मा सर्वेन्द्रनाथ शुक्लबाहेक अरुको क्षेत्रमा काँग्रेसलाई सघाएर जान सकिने उनले बताए।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Mahendra Pokhrel

    Arko fataha aayechha nepal ma ?

    Comment Author

    Mahendra Pokhrel

    K matlab maro desh ko bare ma sansar ma bhikh manga badhi bhayeko desh india ho uniharu lai kehi din naskne . Hami kaha dabab dine yeso gar uso nagar bhaner.

    Comment Author

    Mahendra Pokhrel

    3 karod nepali janta .9 karod bhikh manga india ko , bhart ko. Hindustan ko . Janta uniharu lai kehi nagarne . Garna naskne . Hamilai yo dinchhu tyo dinchhu bhanne. Baru ti ९ kadod garib lai khana deu . Hami lai pachhi deu wa nadeu timra hami nepali bhar pardainau

    Comment Author

    Nabaraj Ghimire

    aarulai ta saknapani paryo ni

    Comment Author

    Amrit Acharya

    i

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?