सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १५, २०७३
|
|
४८० पटक हेरिएको
Shares
सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…

सारांश

  • संवैधानिक परिषदको शुक्रबार बसेको बैठकले निर्वाचन आयुक्तका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
  • आयुक्त सिफारिसमा पर्नेहरुमा कांग्रेसबाट पूर्वरक्षा सचिव इश्वरी पौडेल, निर्वाचन आयोगकै पूर्वसचिव नरेन्द्र दाहाल र गृहमन्त्रालयका पूर्वसहसचिव सुधीरकुमार शाह छन् ।
  • आयुक्तमा सिफारिसमा परेका इश्वरी पौडेल रक्षा मन्त्रालयको सचिव हुँदा सेनाका खरिदमा हुने गरेको अनियमितताको बारेमा सार्वजनिक गरेर चर्चामा आएका थिए ।

संवैधानिक परिषदको शुक्रबार बसेको बैठकले निर्वाचन आयुक्तका लागि तीन जनाको नाम सिफारिस गरेको छ । आयुक्त सिफारिसमा पर्नेहरुमा कांग्रेसबाट पूर्वरक्षा सचिव इश्वरी पौडेल, निर्वाचन आयोगकै पूर्वसचिव नरेन्द्र दाहाल र गृहमन्त्रालयका पूर्वसहसचिव सुधीरकुमार शाह छन् । आयुक्तमा सिफारिसमा परेका इश्वरी पौडेल रक्षा मन्त्रालयको सचिव हुँदा सेनाका खरिदमा हुने गरेको अनियमितताको बारेमा सार्वजनिक गरेर चर्चामा आएका थिए । तत्कालीन सेनापति गौरबशमशेर राणाले इजरायलबाट हतियार खरिद गरी ठूलो कमिसन खाने योजनामा पौडेल बाधक बनेका थिए । रक्षा मन्त्रालयको इतिहासमै सेनाको फाइल रोक्ने सचिवका रुपमा उनी चर्चित भए । पौडेलभन्दा अघिका सचिवहरुले सेनाबाट आएका जुनसुकै फाइल पनि अध्ययन नै नगरी सदर गरी आफ्नो दुनो सोझ्याउने गरेका थिए । तर पौडेलले सेना रक्षा मन्त्रालय मातहत हो, त्यसको अनुभूति जनताले गर्न पाउनुपर्छ भन्दै सेनाले पेश गरेका सबै फाइल अध्ययनपछि कानुन अनुसार भए मात्र सदर गरेका छन् ।  सेनाले बेलायतमा एनडीसी कोर्षका लागि पठाएका नक्कली प्रमाणपत्रधारी महासेनानी सुरेन्द्र सिजापतिदेखि बहुविवाहका उजुरी परेका कर्णेल जर्नेलको पदावधि थप नगरेपछि गौरबशमशेर उनीसँग थप आक्रोशित भएका थिए । सेनापति गौरबशमशेर जर्नेलहरुको हुल नै लिएर उनलाई सुदूरपश्चिमान्चल क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गराउन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाकोमा लबिङ नै गरेका थिए । तर पौडेलले तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री कोइरालालाई बालुवाटारमै भेटी सेना जननिर्वाचित सरकारमातहत हो भने उसले नियम कानुन मान्नुपर्छ । मैले नियम कानुन अनुसार काम गरेको हुँ । यदि नियम कानुन अनुसार काम गरेकोमा दण्डित गर्नुहुन्छ भने गर्नुस् भनेर कुरा बुझाएपछि गौरबशमशेरले हतियार खरिदमा कमिसन खान सकेनन् र नक्कली शैक्षिक योग्यता भएकाहरुको म्याद पनि थप हुन सकेन । सेनामा शुद्धिकरण गर्न पौडेलले गरेको कामले थोरै भए पनि मद्दत पुगेको थियो ।  माओवादी कोटामा आयुक्त भएका सुधीर शाहले २०५३ मा र २०५८ मा प्रधानमन्त्री भएका लोकेन्द्रबहादुर चन्दका निजी सचिवका रुपमा काम गरेका थिए । मूलतः शाह दरबारीया हुन् । उनी गणतन्त्रपछि माओवादीमा लागेका हुन् । कृष्णबहादुर महरा गृहमन्त्री हुँदा उनी गृहका शक्तिशाली सहसचिवका रुपमा चिनिन्थे । शक्तिबहादुर बस्नेत गृहमन्त्री भएपछि पूर्वआइजीपी कुवेरसिंह रानाको संयोजकत्वमा गठित प्रहरी सुधार सुझाव कार्यदलका सदस्य समेत भएका थिए । माओवादीका एक नेताका अनुसार रुकुम घर भएका शाह शक्ति बस्नेतका नातेदार समेत हुन् ।  एमालेले कनिष्ट भए पनि सचिव बढुवा गरिदिएका दाहाल केही समय निर्वाचन आयोगको सचिव भएर अवकाश भएका थिए । उनी झापाका हुन् । परिषदले सिफारिस गरेका तीनैजना संसदीय सुनुवाइपछि नियुक्ति हुनेछन् । यसअघि केपी ओली सरकारको पालामा अयोधी यादव आयुक्तबाट प्रमुख आयुक्त भइसकेका छन् । कांग्रेसकै कोटाबाट इला शर्मा आयुक्त छिन् । तीनजनाको नियुक्तिपछि आयोगले पूर्णता पाउनेछ ।

 

 

 

 

 

श्रोत: दृष्टि साप्तहिक 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
राप्रपा कास्कीद्वारा हिन्दुराष्ट्र कायम गर्ने माग सहित ज्ञापन पत्र बुझाइयो
राप्रपा कास्कीद्वारा हिन्दुराष्ट्र कायम गर्ने माग सहित ज्ञापन पत्र बुझाइयो
चन्द्रागिरिमा काँग्रेसको अग्रता
चन्द्रागिरिमा काँग्रेसको अग्रता
सचिन र लक्ष्मणविरुद्ध बीसीसीआइ झनै कडा,दियो यस्तो आदेश
सचिन र लक्ष्मणविरुद्ध बीसीसीआइ झनै कडा,दियो यस्तो आदेश
प्रदेश ४ को पहिलो वैठक आज बस्दै, तीनथरि पोशाक लगाउन पाइने
प्रदेश ४ को पहिलो वैठक आज बस्दै, तीनथरि पोशाक लगाउन पाइने
बालुवाटारमा नेकपाका शीर्ष नेताहरु भेला, सांगठनिक एकता टुँगो लाग्ने
बालुवाटारमा नेकपाका शीर्ष नेताहरु भेला, सांगठनिक एकता टुँगो लाग्ने
दीपक मनाङेले सपथ लिन नपाउने
दीपक मनाङेले सपथ लिन नपाउने
उदयपुरमा बम विस्फोट ,गाईको कान र भैंसीको जिउभरी छर्रा
उदयपुरमा बम विस्फोट ,गाईको कान र भैंसीको जिउभरी छर्रा
बम आक्रमण कायरतापूर्ण कार्य : एमाले नेता बस्नेत
बम आक्रमण कायरतापूर्ण कार्य : एमाले नेता बस्नेत
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”

तपाईंले छुटाउनुभयो कि?