विश्वकप फुटबलको एसिया छनोट : आज नेपाल र लाओस भिड्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०८०
|
|
३९ पटक हेरिएको
Shares
विश्वकप फुटबलको एसिया छनोट :  आज नेपाल र लाओस भिड्दै

सारांश

  • काठमाडाैं ।
  • विश्वकप फुटबलको एसिया छनोटमा आज नेपालले दोस्रो लेगको खेलमा लाओसविरुद्ध खेल्दैछ ।
  • वियनतियानेस्थित लाओसको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

काठमाडाैं । विश्वकप फुटबलको एसिया छनोटमा आज नेपालले दोस्रो लेगको खेलमा लाओसविरुद्ध खेल्दैछ ।

वियनतियानेस्थित लाओसको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए । बौनफाचन बोनकोन्गले खेलको ३३ औँ मिनेटमा गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको तेस्रो मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काएका थिए ।

दोस्रो लेगमा जित निकाल्ने टिमले समूह एचमा रहेका बहराइन र युएई तथा यमन र श्रीलंकाबीचको बिजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ । पहिलो लेगमा उत्कृष्ट प्रदर्शन गरेको लाओसले दोस्रो लेगमा घरेलु मैदानमा पाहुना टोली नेपाललाई दबाबमा राख्न खोज्नेछ । पहिलो खेलमा गोल गरेका कप्तानसमेत रहेका फरवार्ड बोनकोन्गले लाओसको टिमको नेतृत्व गर्नेछन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आक्रामक फुटबल खेल्ने बताएका छन् । अहिलेसम्म लाओससँग नहारेको नेपालले पुरानै विरासतलाई कायम राख्दै दोस्रो चरण पुग्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
विदेशी लगानीका १९४ उद्योग दर्ता
विदेशी लगानीका १९४ उद्योग दर्ता
भारतीय बजारबाट तस्करी गरी ल्याएको समान धमाधम नियन्त्रणमा लिदै:शसत्र प्रहरी
भारतीय बजारबाट तस्करी गरी ल्याएको समान धमाधम नियन्त्रणमा लिदै:शसत्र प्रहरी
एनआइसी एसियाले अव साँझ ७ बजेसम्म बैंकिङ सेवा दिने
एनआइसी एसियाले अव साँझ ७ बजेसम्म बैंकिङ सेवा दिने
काठमाडौंको ठमेल छेत्रमा अब गाढी चलाउन निषेध !
काठमाडौंको ठमेल छेत्रमा अब गाढी चलाउन निषेध !
पीपीएल क्रिकेटः पारसका सामु दिपेन्द्र निरिह, चितवनको पहिलो जित दर्ता
पीपीएल क्रिकेटः पारसका सामु दिपेन्द्र निरिह, चितवनको पहिलो जित दर्ता
गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी
गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी
विश्वकपमा जापान अनुशासित खेल्यो, उपविजेता बन्दै अन्तिम १६ मा
विश्वकपमा जापान अनुशासित खेल्यो, उपविजेता बन्दै अन्तिम १६ मा
अरुण नदी आठ घण्टापछि बग्न थाल्यो
अरुण नदी आठ घण्टापछि बग्न थाल्यो
‘नेपालीकै नेतृत्वमा संक्रमणकालीन न्याय टुंगो लगाऊ’
‘नेपालीकै नेतृत्वमा संक्रमणकालीन न्याय टुंगो लगाऊ’