गजल (देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ)

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १६, २०७३
|
|
७२२ पटक हेरिएको
Shares
गजल (देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ)

सारांश

  • देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ ।
  • स्वतन्त्र देशलाई, गरेर जाने, शहिदलाई सलाम छ ।

देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ ।।
स्वतन्त्र देशलाई, गरेर जाने, शहिदलाई सलाम छ ।।
..
शान्तिको लागि, आहुति आफ्नै, अर्पेर देशलाई
शान्तिको सन्देश, छरेर जाने, शहिदलाई सलाम छ ।।
..
नेत्रित्व लिई, इनकलापको, बन्दुकको अगाडी
आन्दोलन शिक्षा, भरेर जाने, शहिदलाई सलाम छ ।।
..
झुक्न नजान्ने, दमन बिरुद्ध , शहासी ति शिर
बिजय पथमा, सरेर जाने, शहिदलाई सलाम छ ।।
..
ढालेर गयौ, निरंकुश सक्ता, ईतिहाँस रचेर
शंकट देशको, हरेर जाने, शहिदलाई सलाम छ ।।

                                         राम शरण श्रेष्ठ
                                     चिसापानी ,  रामेछाप 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?