आक्रामक चुनावी अभियानमा पूर्व मन्त्री गगन थापा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
५७ पटक हेरिएको
Shares
आक्रामक चुनावी अभियानमा पूर्व मन्त्री गगन थापा !

सारांश

  • काठमाडौं, १४ कार्तिक ।
  • नेपाली काग्रेसका चर्चित युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो चुनाव क्षेत्र केन्द्रीत प्रचार अभियानलाई आक्रमक रुपमा अघि बढाएका छन्।
  • बैशाखमा सम्पन्न स्थानीय तहको चुनाव कांग्रेसका लागि अनुकुल नभएपछि आफ्नो बर्चश्वलाई पुनर्स्थापित गर्न थापाले टोलस्तरीय विभिन्न कार्यक्रमहरुमार्फत मतदाता घरघरमा पुग्न र प्रभाव विस्तारका लागि अन्य दलका कार्यकर्तालाई पार्टी भित्र्याउने अभियानलाइ तीव्र पारेका छन् ।

काठमाडौं, १४ कार्तिक । नेपाली काग्रेसका चर्चित युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो चुनाव क्षेत्र केन्द्रीत प्रचार अभियानलाई आक्रमक रुपमा अघि बढाएका छन्।

बैशाखमा सम्पन्न स्थानीय तहको चुनाव कांग्रेसका लागि अनुकुल नभएपछि आफ्नो बर्चश्वलाई पुनर्स्थापित गर्न थापाले टोलस्तरीय विभिन्न कार्यक्रमहरुमार्फत मतदाता घरघरमा पुग्न र प्रभाव विस्तारका लागि अन्य दलका कार्यकर्तालाई पार्टी भित्र्याउने अभियानलाइ तीव्र पारेका छन् ।

बामगठनपछि परिस्थिति थप जटिल नबनोस भन्ने विषयमा यस क्षेत्रको सिङ्गो पार्टी पङ्ती चनाखो भएर सक्रिय रहेको थापासँग चुनाव प्रचारमा रहेका बुढानीलकण्ठ नगर समितिका सदस्य मनोज सिग्देलले शिखरन्युजसँगको सक्षिप्त कुराकानीमा बताए।

कुराकानीकै क्रममा उनले बामगठन्धनले यस निर्वाचन क्षेत्रमा खासै अफ्ठ्यारो नपार्ने विश्लेषण गरिएको बताए ।

थापाविरुद्ध एमालेले केन्द्रिय सदस्य तथा परराष्ट्रविद् डा राजन भट्टराईलाई प्रतिस्पर्धामा उतारेको छ । सिग्देलले भट्टराईको उम्मेदवारपछि यस क्षेत्रको चुनाव निर्वाचन पहिलो जस्तो एक पक्षीय नहुने भएपनि प्रस्तिपर्धामा अहिले पनि थापा निकै अघि रहेको दावी गरे ।

‘हामीले भट्टराईको उम्मेदवारीलाई गम्भीर रुपमा लिएका छौ तर पनि चुनावी परिणाम हाम्रो पक्षमा हुनेमा ढुक्क छौ’ सिग्देलले भने ।

स्वास्थ्यमन्त्री बनेपछि स्वास्थ्य बिमा जस्ता राष्ट्रिय हितका दीर्घकालीन महत्वका कार्यक्रमहरु ल्याएर निकै प्रसंशा प्राप्त गर्न सफल भएका उनी त्यसलाई जीतमार्फत जनताबाटै अनुमोदन गराउन चाहान्छन्।

पछिल्लो समयम थापाले प्रचार अभियानलाई खासगरी चक्रपथ बाहिर रहेको क्षेत्रको बुढानीलकण्ठ नगरपालिकाभित्र केन्द्रित गरेका छन्। त्यसमा पनि बुढानीलकण्ठ नगरपालिकाभित्र सबैभन्दा बढी मतदाता रहेको कपन क्षेत्रलाई लक्षित गरि सञ्चालित छ ।

‘टोल भेलाहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाएका छौ’ सिग्देलले शिखरन्युजसँग भने, ‘अहिले एक सयको हाराहारीमा टोल भेलाहरु आयोजना गरिसकेका छौं । यस क्रममा एक हजारभन्दा बढी व्यक्तिमा कांग्रेसमा प्रवेश गरेका छन्।’ लामो समय माओवादी राजनीतिमा सक्रिय रहेका कपनका सञ्जय अर्याल समेत कांग्रेसमा प्रवेश गरेका छन् ।

कपनमा बुढानीकलण्ठ नगरपालिकाको बडा नम्बर १०, ११ र १२ रहेको छ । यी बडाहरु साविकको कपन गाबिसअन्तर्गत रहेका थिए । कपनमा क्षेत्र १७ हजार भन्दा बढी मतदाता रहेका छन् ।

चार नम्बर क्षेत्रमा काठमाडौं महानगरपालिकाको बडा नम्बर १, ३०, ७ र ८ तथा बुढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर बडा समेटिएको छ । तर बैशाखको चुनावमा कांग्रेसले काठमाडौं महानगरको वडा नम्बर ३० र ८ मात्रै जित्न सफल भएको थियो भने बुढानीलकण्ठमा निल रह्यो।

सिग्देलले स्थानीय चुनाव र प्रतिनिधिसभा चुनावको प्रकृति फरक हुने भन्दै गगनको व्यक्तित्वको कारण चुनावी परिणाम आफ्नो पक्षमा आउने दावी गरे ।

‘यस क्षेत्रमा पहिलेदेखि एमाले स्ट्रोङ नै हो । तर स्थानीय चुनावमा जस्तो प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा हुने छैन’ सिग्देलको तर्क छ, ‘गगनको योगदान राष्ट्रिय राजनीतिमा मात्रै नभएर यस क्षेत्रको समग्र विकासमा पनि छ ।’

काठमाडौंको नक्साल, मैतिदेवी, गौरीघाट, चावहिल, चुच्चेपाटी, गोपीकृष्ण, कपन, बालुवाखानी, चुनीखेल, चपली, हात्तिगौडा, गोल्फुटार, मण्डिखाटार लगायतको क्षेत्र यो निर्वाचन क्षेत्रअन्तर्गत पर्छ।

उनले धोवीखोला कोरिडर मात्रै नभएर कपन क्षेत्रमा सडक विस्तारलाई तीव्रता दिने काममा पनि थापाले विशेष पहल गरिरहेको बताए। ‘यस अवधीमा यस क्षेत्रमा ५ अर्ब रुपैया भन्दा बढी बजेट आएको छ,‘ उनले भने ।

उनले यस क्षेत्रमा पछिल्लो समयमा मेलम्ची खानेपानी आयोजनाका लागि सर्वेको समेत काम भैरहेको बताए।

सिग्देलले दोस्रो संविधानसभा चुनाव जतिको अन्तर नभएपनि अहिले पनि गगनलाई चुनाव जित्न सहज अवस्था रहेको दावी गरे । दोस्रो संविधानसभा चुनावमा थापाले १३ हजार मतान्तरले चुनाव जितेका थिए। एमालेका तत्कालीन जिल्ला अध्यक्ष निर्मल कुँईकेल दोस्रो र  उप राष्ट्रपति नन्दबहादुर पुन सो चुनावमा तेस्रो भएका थिए।

कुल ६३ हजार २ सय १५ मतदाता रहेको यस क्षेत्रमा महानगरको चार वडामा ३० हजार ४ सय ९६ र बुढानीलकण्ठको ८ वडामा ३२ हजार ७ सय १९ मतदाता रहेको छ।

(chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?