नेपालमा मानसिक रोगी बढेकामा उपप्रधानमन्त्री यादव द्वारा चिन्ता प्रकट !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नेपालमा मानसिक रोगी बढेकामा उपप्रधानमन्त्री यादव द्वारा चिन्ता प्रकट !

सारांश

  • काठमाडौँ, २५ असोज ।
  • उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गरेका छन् ।
  • संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, (ओईसीडी)को संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी लण्डनमा बुधबार सम्पन्न मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनमा उहाँले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

काठमाडौँ, २५ असोज । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गरेका छन् । संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, (ओईसीडी)को संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी लण्डनमा बुधबार सम्पन्न मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनमा उहाँले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

उपप्रधानमन्त्री यादवले मानसिक स्वास्थ्य समस्या, अल्पविकसित र विकासोन्मुख देशहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताए। निम्न तथा मध्यम आय भएका राष्ट्रका हरेक पाँच जनामध्ये एक जनामा मानसिक रोगको समस्या रहेको वास्तविकता सुनाउँदै उनले दक्षिण एशियाको कूल जनसङ्ख्याको २० प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सम्मेलनमा उपप्रधानमन्त्री यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा अङ्गिकार गरेको जानकारी दिँदै नेपाल सरकार न्यूनतम खर्चमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट गरे । उनले मानसिक रोगको उपचारको सरलीकरणमा पनि नेपाल सरकारले विशेष ध्यान दिएको जानकारी दिए ।

(https://rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा महत
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा महत
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय
बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने
भारतमा एकैदिन ३४ हजार ९५६ संक्रमित, कुल संक्रमित संख्या १० लाख नाघ्यो
भारतमा एकैदिन ३४ हजार ९५६ संक्रमित, कुल संक्रमित संख्या १० लाख नाघ्यो
डाक्टरले सेतो कोट लगाउनुको यस्तो रहस्य
डाक्टरले सेतो कोट लगाउनुको यस्तो रहस्य
मनसुनी प्रणाली देशभर फैलिएसँगै विभिन्न स्थानमा भारी वर्षा
मनसुनी प्रणाली देशभर फैलिएसँगै विभिन्न स्थानमा भारी वर्षा
एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार
एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार
मोटरसाइकल ठक्करबाट एकको मृत्यु…
मोटरसाइकल ठक्करबाट एकको मृत्यु…
बिना मेकअपकी कैटरिना कैफ हेर्नुस्
बिना मेकअपकी कैटरिना कैफ हेर्नुस्

तपाईंले छुटाउनुभयो कि?