सचिवले टेरेनन् सर्वोच्चलाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १८, २०७३
|
|
१५४ पटक हेरिएको
Shares
सचिवले टेरेनन् सर्वोच्चलाई

सारांश

  • सर्वोच्च अदालतबाट अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिवसहितका उच्च अधिकारी विदेश भ्रमणमा निस्किएका छन् ।
  • यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
  • सर्वोच्च अदालतले रुक्मशमशेर राणा नेतृत्वको एनओसीलाई वैधानिकता दिने आफ्नो निर्णय कार्यान्वयन गराउन पटकपटक पत्राचार गरिरहे पनि मन्त्रालयकै पदाधिकारी भने अवैधानिक घोषित एनओसीका पदाधिकारीसँग रुस भ्रमणमा निस्किएका हुन् ।

सर्वोच्च अदालतबाट अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिवसहितका उच्च अधिकारी विदेश भ्रमणमा निस्किएका छन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

सर्वोच्च अदालतले रुक्मशमशेर राणा नेतृत्वको एनओसीलाई वैधानिकता दिने आफ्नो निर्णय कार्यान्वयन गराउन पटकपटक पत्राचार गरिरहे पनि मन्त्रालयकै पदाधिकारी भने अवैधानिक घोषित एनओसीका पदाधिकारीसँग रुस भ्रमणमा निस्किएका हुन् ।

खेलकुदको भौतिक पूर्वाधार अध्ययनका लागि भन्दै अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीका अध्यक्ष श्रेष्ठसँग मन्त्रालयका सचिव महेश दाहाल र सहसचिव चूडामणि पौडेल आइतबार रुसतर्फ लागेका छन् । उनीहरूसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निर्माण शाखाका इन्जिनियर अरुण उपाध्याय र तिलोत्तमा बस्याल पनि रुस गएका छन् । रुस भ्रमणमा गएको टोलीले नेपालमा सन् २०१९ मा आयोजना हुने भनिएको १३ औं दक्षिणएसियाली खेलकुद प्रतियोगिता (साग) का लागि पूर्वाधारको अवलोकन गर्ने बताइएको छ ।

सर्वोच्च अदालतबाट अवैधानिक ठहरिएका व्यक्ति र संस्थाले गरेका क्रियाकलापलाई हतोत्साही गर्नुको सट्टा मन्त्रालयकै उच्च अधिकारी उनीहरूको साथ लागेर विदेश जानु रहस्यमय भएको राखेपका कोषाध्यक्ष सुरेन्द्र हमाल बताउँछन् । ‘ओलम्पिक कमिटी विवाद उत्कर्षमा पुगेको बेला अदालतबाट अवैधानिक घोषित संस्थाका व्यक्तिलाई विदेश जान दिनु नै हुन्थेन, एयरपोर्टबाटै पक्राउ गर्नुपथ्र्यो । अझ तिनै व्यक्तिसँग राज्यका उच्च अधिकारी पनि जानु रहस्यमय छ’, हमालले भने ।

सर्वोच्च अदालतबाट मान्यता पाएको एनओसीका अध्यक्ष राणा भने श्रेष्ठ विदेश जाँदैमा आपत्ति नभए पनि उनीसँगै सरकारी अधिकारी पनि विदेश जानु भने उचित नभएको बताउँछन् । ‘कोही विदेश जाँदैमा आपत्ति जनाइहाल्नु पर्दैन तर अदालतले अवैधानिक घोषित गरेको संस्था वा व्यक्तिसँग सरकारी अधिकारी पनि जानु गलत हो’, राणाले भने, ‘राज्यका नाममा ठूलो धनराशि खर्चेर यस्तो भ्रमण गर्नुको कुनै उपलब्धि छैन । रुसको पूर्वाधार विकाससँग नेपालको पूर्वाधारको तुलना नै गर्न सकिँदैन । त्यसैले यो भ्रमणले केही उपलब्धि दिँदैन ।’

मन्त्रालय रित्तो
मन्त्री र सचिवसहितका पदाधिकारी विदेशयात्रामा निस्किएपछि अहिले युवा तथा खेलकुद मन्त्रालय नेतृत्वविहीन बनेको छ । मन्त्री दलजित श्रीपाली युथ कन्फरेन्समा सहभागी हुन गत शुक्रबार अमेरिका गएका छन् । उनी अझै दुई दिन अमेरिकामा रहने मन्त्रालयका एक अधिकारीले बताए ।

यसैगरी मन्त्रालयका सचिव दाहाल र सहसचिव पौडेल भने आइतबार रुस भ्रमणमा निस्किएका छन् । मन्त्री, सचिव र खेलकुद हेर्ने सहसचिव एकैपटक विदेश जाँदा मन्त्रालयको दैनिक कामकारबाहीमै समस्या परेको मन्त्रालयका ती अधिकारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयर पदमा ३ मत मात्रै ल्याए, गरे आफ्नै श्राद्ध
मेयर पदमा ३ मत मात्रै ल्याए, गरे आफ्नै श्राद्ध
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
हुम्लाका विद्यालयमा पुस्तकालयको लागि काठमाडौ फुटसल प्रतियोगिता
ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै
ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै
नेकपा एमाले कसैले पालेकाे घरपालुवा कुकुर हाेइन: प्रधानमन्त्री अाेली
दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने
दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने
Aishwarya Rai and Rajkummar Rao’s chemistry is refreshing in ‘Halka Halka’ song from Fanney Khan!
Aishwarya Rai and Rajkummar Rao’s chemistry is refreshing in ‘Halka Halka’ song from Fanney Khan!
जुँगा पालेबापत मासिक तलब बुझ्दै कालीबहादुर
प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

तपाईंले छुटाउनुभयो कि?