एमालेका नेता को कहाँबाट चुनाव लड्दैछन् ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
४७ पटक हेरिएको
Shares
एमालेका नेता को कहाँबाट चुनाव लड्दैछन् ?

सारांश

  • एमालेका उम्मेदवार को कहाँबाट ?
  • माओवादी केन्द्रसँग चुनावी गटबन्धन गरेको एमालेले चुनावमा अधिकांश स्थानमा केन्द्रीय नेताहरुलाई चुनावी मैदानमा उतारेको छ ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन ५ बाट उम्मेदवारी दिने निर्णय भएको छ ।

एमालेका उम्मेदवार को कहाँबाट ?

माओवादी केन्द्रसँग चुनावी गटबन्धन गरेको एमालेले चुनावमा अधिकांश स्थानमा केन्द्रीय नेताहरुलाई चुनावी मैदानमा उतारेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन ५ बाट उम्मेदवारी दिने निर्णय भएको छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम १, माधवकुमार नेपाल काठमाडौं २, उपाध्यक्ष वामदेव गौतम बर्दिया १, भीम रावल अछाम १ र महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यसैगरी उपमहासचिव विष्णुप्रसाद पौडेल रुपन्देही–२ र घनश्याम भुसाल रुपन्देही ३ सचिवहरू प्रदीप ज्ञवाली गुल्मी १ र गोकर्ण विष्ट गुल्मी २ बाट चुनाव लड्ने भएका छन् ।

स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे चितवन १,  छविलाल विश्वकर्मा रुपन्देही १, सुवास नेम्बाङ इलाम २ मा उम्मेदवार बन्दैछन् ।

त्यसैगरी भवानीप्रसाद खापुङ तेह्रथुम, राजेन्द्र राई धनकुटा, पवित्रा निरौला झापा २, एलपी सावाँ झापा ४ मा उम्मेदवार बनेका छन् ।

घनश्याम खतिवडा मोरङ १, ऋषि पोखरेल मोरङ २, भानुभक्त ढकाल मोरङ ३ र लालबाबु पण्डित मोरङ ६ बाट चुनाव लड्ने निर्णय भएको छ । भगवती चौधरी सुनसरी ३ बाट उम्मेदवार बनेकी छन् ।

त्यसैगरी प्रतिनिधिसभातर्फ प्रदेश २ को सिरहा १ बाट रामचन्द्र यादव, धनुषा ४ बाट रघुवीर महासेठ, सर्लाही १ बाट ध्रुव गौतम उम्मेदवार बन्ने भएका छन् ।

प्रदेश ३ को चितवन २ बाट कृष्णभक्त पोखरेल, काठमाडौं ३, ४, ७ बाट क्रमशः कृष्ण राई, राजन भट्टराई र रामवीर मानन्धर प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने निश्चित भएको छ । मकवानपुर १ बाट कृष्णप्रसाद दाहाल र २ बाट विरोध खतिवडा उम्मेदवार बन्ने भएका छन् । काभ्रे २ बाट गोकुल बाँस्कोटा चुनाव लड्ने भएका छन् ।

एमालेले प्रदेश ४ पर्वतमा पदम गिरीले टिकट पाएका छन् भने नवलपुर २ बाट तिलक महत उम्मेदवार बन्नेछन् । कास्की १, २, ३ मा क्रमशः खगराज अधिकारी, रवीन्द्र अधिकारी र जगत विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । त्यसैगरी स्याङ्जा १ मा नारायण मरासिनी र २ बाट पद्मा अर्याल प्रतिस्पर्धामा उत्रने भएका छन् ।

तनहुँ १बाट एमालेका कृष्णकुमार श्रेष्ठ चुनाव लड्नेछन् भने तनहुँ २ मा केदार सिग्देलले एमालेको टिकट पाएका छन् ।

प्रदेश ५ अन्तर्गत परासी १ मा हृदेयश त्रिपाठी र  कपिलवस्तु २ र ३ बाट क्रमशः बृजेशकुमार गुप्ता र ईश्वरदयाल मिश्र सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।

माओवादीसँग सिट बाँडफाँटमा सहमति भएपछि मंगलबार अबेर एमालेले प्रदेश ६ को उम्मेदवार तोकेको छ । जसअनुसार सुर्खेत १ मा ध्रुबबहादुर शाही र सुर्खेत २ मा नवराज रावत प्रतिस्पर्धामा उत्रनेछन् । दैलेख १ बाट रवीन्द्र शर्मा र २ बाट राजबहादुर बुढा उम्मेदवार भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?