कांग्रेससँग गठबन्धन तोड्दै देशभर उम्मेदवारी दिने राप्रपाको तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १६ कार्तिक ।
  • लिखित सहमति अनुसार सीटको बाँडफाँट नगरि नेपाली कांग्रेसले धोका दिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले दोस्रो चरणको अधिकांश स्थानमा उम्मेदवारी दिने तयारी शुरु गरेको छ।
  • त्यसका लागि राप्रपाले अन्तरिक गृह समेत शुरु गरिसकेको छ ।

काठमाडौं, १६ कार्तिक । लिखित सहमति अनुसार सीटको बाँडफाँट नगरि नेपाली कांग्रेसले धोका दिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले दोस्रो चरणको अधिकांश स्थानमा उम्मेदवारी दिने तयारी शुरु गरेको छ।

त्यसका लागि राप्रपाले अन्तरिक गृह समेत शुरु गरिसकेको छ । दुवै दलबीच भएको चुनावी तालमेल गर्ने सहमति भएको थियो ।

‘पूर्व सहमतिअनुसार काम भएन । लिखित सम्झौता मानिएर । देशभर उम्मेदवारी दर्ता गर्ने तयारी छ’ राप्रपाका केन्द्रिय सदस्यले भने, ‘त्यसका लागि उम्मेदवारीको प्राविधिक पक्ष हेर्न साथीहरुलाई केन्द्रिय कार्यालयमा बोलाइएको छ।’ अहिले पनि दुवै दलको गठबन्धनको कार्यदलको निर्णायक बैठक बसीरहेको छ । ‘बैठकमा सहमति बन्न सकेन भने देशभर उम्मेदवारी पर्छ। पूर्व सहमतिअनुसार हुनुपर्छ’ ती केन्द्रिय सदस्यले भने ।

जसअनुसार राप्रपाले प्रतिनिधिसभामा सात स्थान र प्रदेशसभामा २५ स्थान प्राप्त गर्ने लिखित सहमति भएको थियो। जसमा झापा-३, मकवानपुर-१, काठमाडौं–७, दैलेख-१ सहित सात स्थान रहेको थियो । सहमतिअनुसार राप्रपाले पहिलो चरणको चुनाव हुने स्थानमा प्रतिनिधिसभातर्फ ७४ प्रदेशसभा मध्य तीन स्थानमा मात्रै उम्मेदवारी दिएको थियो ।

कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले झापा-३ नछाड्ने अडान लिए । कांग्रेसले उनलाई सो क्षेत्रबाट उठाउने निर्णय गर्‍यो । सो निर्णयपछि राप्रपाको झापा जिल्ला समितिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बामपन्थी गठबन्धनसँग तालमेल गरेको छ ।

त्यसपछि राप्रपा र कांग्रेस कार्यदलको बैठकमा चार स्थानमा मात्रै कांग्रेसले झापा-३ मा मित्रवत प्रतिस्पर्धा गर्ने थप चार स्थानमा कांग्रेससँग गठबन्धन गर्ने सहमति भएको थियो । जसअनुसार मकवानपुर -१, काठमाडौं-७, दैलेख- १ र बाँके-२ मा राप्रपाले प्राप्त गर्ने सहमित भएको थियो ।

राप्रपाले सात स्थानमा पर्सा र धनुषा वा कास्कीमा एक स्थान प्राप्त गर्नु पर्ने अडान लिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?