फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिन माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
३७ पटक हेरिएको
Shares
फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिन माग

सारांश

  • दमक, १६ कात्तिक   किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका दिन देशैभरि सार्वजनिक बिदा दिन किरात धर्मावलम्बीहरुले माग गरेका छन् ।
  • सरकारले कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र बिदा दिइने निर्णय गरेको भए पनि त्यस दिन देशैभरि सार्वजनिक बिदा दिनु पर्ने किरात धर्म तथा साहित्य उत्थान संघले माग गरेको छ ।
  • संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको सम्मान दिइसकेपछि महागुरुको जन्मजयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र लक्षित गरेर सार्वजनिक बिदा दिनु उपयुक्त नभएको भन्दै देशैभरि सार्वजनिक बिदाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

दमक, १६ कात्तिक   किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका दिन देशैभरि सार्वजनिक बिदा दिन किरात धर्मावलम्बीहरुले माग गरेका छन् ।

सरकारले कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र बिदा दिइने निर्णय गरेको भए पनि त्यस दिन देशैभरि सार्वजनिक बिदा दिनु पर्ने किरात धर्म तथा साहित्य उत्थान संघले माग गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको सम्मान दिइसकेपछि महागुरुको जन्मजयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र लक्षित गरेर सार्वजनिक बिदा दिनु उपयुक्त नभएको भन्दै देशैभरि सार्वजनिक बिदाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महागुरु जयन्तीका दिन सार्वजनिक बिदाको घोषणा गरेका र गत वर्षको मंसिर ३ गतेको मन्त्रिपरिषद्को निर्णयले समेत हरेक वर्ष कात्तिक २५ गते महागुरुको जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर सरकारद्वारा सार्वजनिक गरिएका बिदाका दिनहरुको सूचीमा भने किरात धर्मावलम्बीका लागि मात्रै भनी उल्लेख गरिएको छ ।

संघको विज्ञप्तिमा राष्ट्रिय विभूतिको जन्मजयन्तीमा कुनै एक सम्प्रदायका लागि मात्रै भनेर उल्लेख गरिनु नहुने भन्दै सरकारको ध्यानाकर्षणसमेत गराइएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच १३३औँ महागुरु फाल्गुनन्द जयन्ती दुई दिनसम्म दमकमा विशेष कार्यक्रमसहित मनाउने तयारी गरिएको संघले जनाएको छ । संघसहित किरात साम्यो सुनुगेल थक्सुबा, महागुरु फाल्गुनन्द स्मारक संरक्षण समिति, महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान, किरात युमा माङ्हिम, दमक २ र ५ किरात साम्यो मिङ्सो माङ्हिम, पाँङ्मी चोक दमकलगायत करिब एक दर्जन संघसंस्थाको संयुक्त सहआयोजनामा कात्तिक २४ र २५ गते विशेष महत्वका साथ महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउन तयारी गरिएको संघका सचिव संकल्प लिङ्देनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘श्रमिकले समान पारिश्रमिक पाउनुपर्छ’
‘श्रमिकले समान पारिश्रमिक पाउनुपर्छ’
पञ्चेश्वरमा सशस्त्र प्रहरीको आफ्नै भवन बन्दै
पञ्चेश्वरमा सशस्त्र प्रहरीको आफ्नै भवन बन्दै
खुल्यो गोर्खा मिडियाको फाइल
खुल्यो गोर्खा मिडियाको फाइल
सञ्चारमन्त्री शर्मासँग इजरायली राजदूतको शिष्टाचार भेट
सञ्चारमन्त्री शर्मासँग इजरायली राजदूतको शिष्टाचार भेट
घुमुवा प्रहरी हुँ भन्दै रकम उठाउने पर्साबाट पक्राउ
घुमुवा प्रहरी हुँ भन्दै रकम उठाउने पर्साबाट पक्राउ
राष्ट्रिय सभामा संविधानअनुसार बन्न बाँकी कानूनसँग सम्बन्धित अध्ययन प्रतिवेदन पेस
राष्ट्रिय सभामा संविधानअनुसार बन्न बाँकी कानूनसँग सम्बन्धित अध्ययन प्रतिवेदन पेस
ध्यानमा कुलमान घिसिङ :  प्राधिकरणका १५ पदाधिकारीसहित ओशो तपोवनमा
ध्यानमा कुलमान घिसिङ : प्राधिकरणका १५ पदाधिकारीसहित ओशो तपोवनमा
गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग
गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग
एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो,  कल्याण गुरुङ/
एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो, कल्याण गुरुङ/
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य