ध्यानमा कुलमान घिसिङ : प्राधिकरणका १५ पदाधिकारीसहित ओशो तपोवनमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७९
|
|
३१ पटक हेरिएको
Shares
ध्यानमा कुलमान घिसिङ :  प्राधिकरणका १५ पदाधिकारीसहित ओशो तपोवनमा

सारांश

  • दिनहुँ कामको चटारोले घेरिएर एकछिन फुर्सद नहुने कुलमान घिसिङ शुक्रबार साँझदेखि मौन छन् ।
  • उनी रातो बस्त्र लगाएर ध्यानमा लिन भइरहेका छन् ।
  • शुक्रबार कार्यालयको काम सकेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सहित अन्य पदाधिकारीको टोली बालाजु माथि रहेको ओशो तपोवन पुगेको थियो ।

दिनहुँ कामको चटारोले घेरिएर एकछिन फुर्सद नहुने कुलमान घिसिङ शुक्रबार साँझदेखि मौन छन् । उनी रातो बस्त्र लगाएर ध्यानमा लिन भइरहेका छन् । शुक्रबार कार्यालयको काम सकेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सहित अन्य पदाधिकारीको टोली बालाजु माथि रहेको ओशो तपोवन पुगेको थियो ।

साँझ देखिनै उनीहरुले ध्यान सुरु गरेका थिए । उनीहरुको योग–ध्यान सम्बन्धी यो कार्यक्रम २६ घण्टाको रहेको ओशो तपोवनकी योग–ध्यान शिक्षक शोभिता सिंखडाले रातोपाटीलाई जानकारी दिइन् ।

राष्ट्रका लागि तपोवन कार्यक्रम अन्तर्गत छैटौँ समूहको रुपमा कुलमान घिसिङसहित प्राधिकरणको टिम ओशो तपोवनमा ध्यान साधनामा सहभागी भएका हुन् । घिसिङले पूर्ण रुपमा तपोवनका नियमहरु पालना गर्दै तन मन लगाएर ध्यान गरिरहेको सिंखडाले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?