मिल्यो आईजीपी भागबण्डा : काँग्रेसको भागमा जनपद, माओवादीलाई सशस्त्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २०, २०७३
|
|
२३१ पटक हेरिएको
Shares
मिल्यो आईजीपी भागबण्डा : काँग्रेसको भागमा जनपद, माओवादीलाई सशस्त्र

सारांश

  • नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्धय उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राईले ३० वर्षे सेवा अवधिका कारण आगामी फागुन २ गतेदेखि सेवा निवृत्त हुँदै छन्।
  • दुवै प्रहरी संगठनमा नयाँ आईजीपी बनाउनेबारे अहिले विभिन्न चर्चा तथा परिचर्चा सुरु भैसकेको छ।
  • सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीच आईजीपी बनाउनेबारे अहिले भागबण्डा मिलिसकेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्धय उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राईले ३० वर्षे सेवा अवधिका कारण आगामी फागुन २ गतेदेखि सेवा निवृत्त हुँदै छन्। दुवै प्रहरी संगठनमा नयाँ आईजीपी बनाउनेबारे अहिले विभिन्न चर्चा तथा परिचर्चा सुरु भैसकेको छ।

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीच आईजीपी बनाउनेबारे अहिले भागबण्डा मिलिसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवावीच भागबण्डा मिलेको हो।

नेपाल प्रहरीका महानिरिक्षक अर्यालसँगै २०४३ फागुन ३ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, रमेशशेखर बज्राचार्य, वीरेन्द्रबाबु श्रेष्ठ, केदारप्रकाश साउद, यादव अधिकारी, विश्वराजसिंह शाही, सुशीलवरसिंह थापा र परशुराम खत्रीसहितका ११ एआईजीहरु र डीआईजी श्यामबहादुर खड्का फागुन २ देखि ३० वर्षे सेवा अवधिको प्रावधानअनुसार अनिवार्य अवकाश पाउँदै छन्।

नेपाल प्रहरीका आईजीपी हरेक हिसावले महत्वपूर्ण हुने भएकाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आफ्नो मान्छे पठाउने निधो गरिसकेको छ। महानिरीक्षक अर्यालका सम्पूर्ण ब्याजीहरुको अवकाशपछि २०४४ साल चैत २९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हालका डीआईजीहरु मध्येबाट एक जना नेपाल प्रहरीको २५ औं महानिरीक्षक बन्नेछन् । अर्यालको अवकाशको मिति नजिकिँदै गर्दा भावी महानिरीक्षकको दौडमा रहेका डीआईजीहरुबीच अहिले आरोप प्रत्यारोप नै सूरु भैसकेको छ।

प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार नेपाली काँग्रेसको रोजाईका डिआइजी नै अबको २५ औं आईजीपी बन्ने करिब पक्का पक्की भैसकेको छ। भावी महानिरीक्षकको उम्मेदवार रहेका डीआईजी नवराज सिलवाल वरीयताको एक नम्बरमा छन् भने दुई नम्बरमा प्रकाश अर्याल, तीन नम्बरमा जयबहादुर चन्द र वरीयताको चार नम्बरमा बमबहादुर भण्डारी रहेका छन् ।

त्यस्तै उता सशस्त्र प्रहरी बलको महानिरिक्षकमा माओवादीले चाहेको एआईजी नै अबको आईजीपी बन्ने निश्चित भएको छ। सशस्त्रमा अहिले भावी आईजीपीको रुपमा एआईजीहरु सिंहबहादुर श्रेष्ठ, प्रेम कुमार शाही र प्रकाश ओझा प्रतिष्पर्धामा छन्।

श्रोत : रिपोर्टर्स क्लब

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?