वाम गठबन्धनलाई समर्थन गर्दै कोमल ओलीको उम्मेदवारी फिर्ता ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
३० पटक हेरिएको
Shares
वाम गठबन्धनलाई समर्थन गर्दै कोमल ओलीको उम्मेदवारी फिर्ता ।

सारांश

  • १९ कात्तिक, दाङ ।
  • दाङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट बागी उम्मेदवारी दिएकी गायिका कोमल ओलीले उम्मेदवारी फिर्ता लिएकी छन् ।
  • एक महिनाअघि राप्रपाबाट एमालेमा प्रवेश गर्दा पाएको आश्वासन कार्यान्वयन नभएको भन्दै कोमल ओलीले दाङमा उम्मेदवारी दिएकी थिइन् ।

१९ कात्तिक, दाङ । दाङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट बागी उम्मेदवारी दिएकी गायिका कोमल ओलीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

एक महिनाअघि राप्रपाबाट एमालेमा प्रवेश गर्दा पाएको आश्वासन कार्यान्वयन नभएको भन्दै कोमल ओलीले दाङमा उम्मेदवारी दिएकी थिइन् ।

एमाले नेताहरुसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको ओलीले  बताइन् । उनले भनिन्, ‘अब म वाम गठबन्धनका उम्मेदवारलाई जिताउन दिलोज्यान दिएर लाग्नेछु ।’

त्यस्तै दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’मा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका जगप्रसाद शर्माका दुई बागी उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीका नेताहरुसँगको छलफलपछि बागी उम्मेदवारी दिने पूर्व सभासद कुवेर ओली र वाईसीएल केन्दि्रय नेता गेदलाल भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

(https://basicbluesnation.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि माइक्रो चालक र खलासीलाई फ्लोरेन्स ज्याकेट अनिवार्य
आजदेखि माइक्रो चालक र खलासीलाई फ्लोरेन्स ज्याकेट अनिवार्य
वर्षाले नेपालगञ्ज जलमग्न, सतर्कता अपनाउन प्रशासनको आग्रह
वर्षाले नेपालगञ्ज जलमग्न, सतर्कता अपनाउन प्रशासनको आग्रह
४ मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा देउवा
४ मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा देउवा
ओलीले ताप्लेजुङ पुगेर भने, ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु’
ओलीले ताप्लेजुङ पुगेर भने, ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु’
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
बाँदरले दुख दिएपछि किसानले अपनाए यस्तो उपाय
बाँदरले दुख दिएपछि किसानले अपनाए यस्तो उपाय
मण्डेकाजीले जिते कराँतेमा स्वर्ण
मण्डेकाजीले जिते कराँतेमा स्वर्ण
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
गैर आवासीय नेपालीको विश्व सम्मेलन आजबाट सुरु, अध्यक्षमा पन्त र आचार्य भिड्दै
गैर आवासीय नेपालीको विश्व सम्मेलन आजबाट सुरु, अध्यक्षमा पन्त र आचार्य भिड्दै

तपाईंले छुटाउनुभयो कि?