द्वन्द्वपीडितको माग सम्बोधन गर्न माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २१, २०७३
|
|
२५० पटक हेरिएको
Shares
द्वन्द्वपीडितको माग सम्बोधन गर्न माग

सारांश

  • सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले द्वन्द्वपीडितको माग सम्बोधन गर्न नसकेकामा चिन्ता व्यक्त गरिएको छ ।
  • द्वन्द्वपीडित साझा चौतारीले बिहीबार आयोजना गरेको अन्तरक्रियामा पीडित परिवार तथा अधिकारकर्मीले उच्चस्तरीय मानव अधिकार आयोगले पीडित पक्षलाई सामाजिक न्याय उपलब्ध गराउन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
  • मानवअधिकारकर्मी चरण प्रसाईंले अन्यायमा परेका समुदायलाई न्याय उपलब्ध गराउने जिम्मेवारी आयोगको भए पनि आयोग गठन भएको लामो समय हुँदा पनि पीडितले न्याय प्राप्त गर्न नसकेको औँल्याउनुभयो ।

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले द्वन्द्वपीडितको माग सम्बोधन गर्न नसकेकामा चिन्ता व्यक्त गरिएको छ ।

द्वन्द्वपीडित साझा चौतारीले बिहीबार आयोजना गरेको अन्तरक्रियामा पीडित परिवार तथा अधिकारकर्मीले उच्चस्तरीय मानव अधिकार आयोगले पीडित पक्षलाई सामाजिक न्याय उपलब्ध गराउन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

मानवअधिकारकर्मी चरण प्रसाईंले अन्यायमा परेका समुदायलाई न्याय उपलब्ध गराउने जिम्मेवारी आयोगको भए पनि आयोग गठन भएको लामो समय हुँदा पनि पीडितले न्याय प्राप्त गर्न नसकेको औँल्याउनुभयो ।

अधिवक्ता दिनेश त्रिपाठीले द्वन्द्वका घाउलाई मेटाउन पीडितलाई सामाजिक न्याय दिनुपर्नेमा जोड दिँदै त्यसो हुन नसके अन्तर्राष्ट्रिय अदालतमा सो विषयलाई केन्द्रित गर्ने बताउनुभयो ।

एमनेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष राजन कुइँकेलले द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय र पीडकलाई कारबाही गर्नसक्ने गरी सशक्त आयोग बनाउनुपर्ने बताउँदै यी घटनाको समाधान देशभित्रै खोज्नुपर्ने र त्यसो हुन नसके अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने सुझाव दिनुभयो ।

द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका दुई वर्षका उपलब्धि उजुरी दिने कार्यमा मात्र सीमित रहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक
‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक
सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी
सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
एनआइसी एसिया बैंकको लफडामा राष्ट्र बैंकमा रोइलो
एनआइसी एसिया बैंकको लफडामा राष्ट्र बैंकमा रोइलो
जथाभावी मदिरा बिक्रीवितरण रोक्न सर्वोच्चको आदेश
जथाभावी मदिरा बिक्रीवितरण रोक्न सर्वोच्चको आदेश
गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
यो बर्षकै सर्वाधिक लोकप्रिय चलचित्र‘छक्का पञ्जा ३’
यो बर्षकै सर्वाधिक लोकप्रिय चलचित्र‘छक्का पञ्जा ३’
सिंगापुरद्धारा पाँच अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा
सिंगापुरद्धारा पाँच अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा
केन्द्रीय बैंककाे निगरानिमा मेगा र सेन्चुरी बैंक
केन्द्रीय बैंककाे निगरानिमा मेगा र सेन्चुरी बैंक
गरिवका छोराछोरीलाई गुन लगाएको भन्दै प्रधानमन्त्रीले गरे प्रशंसा
गरिवका छोराछोरीलाई गुन लगाएको भन्दै प्रधानमन्त्रीले गरे प्रशंसा

तपाईंले छुटाउनुभयो कि?