३३ किलो सुन प्रकरण: अभियुक्तको सम्पत्तिमाथि अनुसन्धान हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • अस्बिन खड्का,  २९ जेठ।
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका गोरेसहित ३ जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं झिकाएको थियो।
  • पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन।

अस्बिन खड्का,  २९ जेठ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका गोरेसहित ३ जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं झिकाएको थियो।

पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन।सुन तस्करीमा संलग्न चूडामणि उप्रेति ‘गोरे’सहित भुजुङ गुरुङ र छिरिङ वाङ्गेले आर्जन गरेको गैरकानुनी सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ।

विभागमा झिकाएर तीनैजनामाथि सम्पत्ति छानबिन अनुसन्धान प्रक्रिया अघि बढाइएको विभागका प्रवक्ता विनोद लामिछानेले जानकारी दिए। विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानबिनको क्रममा आफ्ना कुरा राख्न मौकासमेत दिने तयारी गरेको छ।

गैरकानुनी ढंगबाट आर्जन गरिएको सम्पत्ति छानबिनका लागि विभागले अदालत र सम्बद्ध पक्षसँग संलग्न रहेर अनुसन्धान प्रक्रियालाई अघि बढाउने पनि प्रवक्ता लामिछानेले बताए।डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै लाईन बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

एउटैलाईनमा सुन तस्करी गरे पनि पछिल्लो समय ३३ किलो सुन भुजुङको डिजाइनमा छिरिङ र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानबिन समितिको अनुसन्धानबाट खुल्न आएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तहरु हाल केन्द्रीय कारगारमा राखिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?