गरिवका छोराछोरीलाई गुन लगाएको भन्दै प्रधानमन्त्रीले गरे प्रशंसा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
४३ पटक हेरिएको
Shares
गरिवका छोराछोरीलाई गुन लगाएको भन्दै प्रधानमन्त्रीले गरे प्रशंसा

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कुल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् ।
  • कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कुल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् ।

प्रमाणपत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले १ सय रुपैंयाँमा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई गुन लगाएको बताए ।

“राज्यले लिनुपर्ने दायित्व तपाईंहरुले लिनुभएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु” प्रधानमन्त्री ओलीले भने, “अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।”

प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताए । “सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने जानकारी विश्वले पाएको छ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नहुने स्पष्ट पारे । नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?