शिक्षकलाई तलब खुवाउन अलैँची खेती

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
३३ पटक हेरिएको
Shares
शिक्षकलाई तलब खुवाउन अलैँची खेती

सारांश

  • तेह्रथुम, कात्तिक २० – तेह्रथुमको लालीगुराँस नगरपालिकाको फुलेकमा रहेको जनता आधारभूत शिक्षकलाई तलब खुवाउन विद्यालयको श्रोतले नधानेपछि अलैँची खेती सुरु गरेको छ ।
  • विद्यालय सञ्चालनमा समस्या देखिएपछि स्थानीयबासिन्दाले निःशुल्क अलैची बिरुवा प्रदान गरेका थिए ।
  • अभिभावकहरुले विरुवा दिएपछि विद्यालयले अलैँची खेती सुरु गरेको प्रधानाध्यापक रेशमबहादुर गुरुङ्गले बताउनुभयो ।

तेह्रथुम, कात्तिक २० – तेह्रथुमको लालीगुराँस नगरपालिकाको फुलेकमा रहेको जनता आधारभूत शिक्षकलाई तलब खुवाउन विद्यालयको श्रोतले नधानेपछि अलैँची खेती सुरु गरेको छ ।

विद्यालय सञ्चालनमा समस्या देखिएपछि स्थानीयबासिन्दाले निःशुल्क अलैची बिरुवा प्रदान गरेका थिए । अभिभावकहरुले विरुवा दिएपछि विद्यालयले अलैँची खेती सुरु गरेको प्रधानाध्यापक रेशमबहादुर गुरुङ्गले बताउनुभयो ।

विद्यालयमा ६ वर्ष अघि देखि ६–८ कक्षा सञ्चालन हुदै आए पनि सरकारी दरबन्दी प्राप्त भएको छैन । शिक्षक दरबन्दी नआउँदा निजी श्रोतबाट शिक्षकलाई तलब खुवाउनै समस्या रहेको उहाँले बताउनुभयो । विद्यालयले चित्रे सामुदायिक वन समूहसँंग जग्गा माग गरी ५ रोपनी क्षेत्रफलमा झन्डै दुई हजार अलैँचीका रोपेको छ । विद्यालयमा सञ्चालन भएको ६–८ तहमा अध्यापनरत शिक्षकहरूलाई तलब खुवाउनका लागि अलैँची खेतीबाट आम्दानी हुन थालेपछि सजिलो हुने स्थानीयबासीन्दाको भनाइ छ ।

२०३० सालदेखि प्राथमिक विद्यालयकोे रूपमा सञ्चालन भएकोमा स्थानीय बासिन्दाको माग अनुसार ६ वर्षअघि देखि ६–८ तह सञ्चालन हुँदै आएको छ । सञ्चालनका लागि प्रत्येक वर्षको तिहारमा देउसी खेलेर आर्थिक संकलन गदै आएको स्थानीयबासिन्दा गौतम गुरुङले बताउनुभयो । जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले २०५४ साल देखि नै सरकारी तह बाट दरबन्दी नआएकोले दरबन्दी प्रदान गर्न नसकिएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?