राष्ट्रपतिलाई डा. गोविन्द केसीको एक हप्ते अल्टिमेटम

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
राष्ट्रपतिलाई डा. गोविन्द केसीको एक हप्ते अल्टिमेटम

सारांश

  • २० कात्तिक काठमाडौं ।
  • चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण नगरेको भन्दै प्रा.
  • डा.

२० कात्तिक काठमाडौं । चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण नगरेको भन्दै प्रा. डा. गोविन्द केसीले राष्ट्रपतिमाथि खनिएका छन् । एक साताभित्र अध्यादेश प्रमाणीकरण नभए अनसन बस्ने उनको चेतावनी छ ।

डा. केसीले सोमबार पत्रकार सम्मेलन गरेर अध्यादेश प्रमाणीकरण नगरेर राष्ट्रपति विद्या भण्डारीले सर्वोच्च पदको अबमूल्यान गरेको आरोप लगाए । ‘राष्ट्रपतिले अध्यादेश रोकेर राख्न मिल्दैन’ उनले भने, ‘यदि सल्लाहकारहरुले कुनै राजनीतिक दलको आदेशमा राख्नुहुन्छ भने राष्ट्रपति जिम्मेवार हुनुपर्छ ।’

अध्यादेश तत्काल प्रमाणिकरण नगरिए फेरि आरमण अनसन बस्ने डा. केसीको चेतावनी छ । उनले भने, ‘म राष्ट्रपति ज्यूलाई एक हप्ता समय दिन्छु ।’

सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने गरी कात्तिक ६ गते चिकित्सा शिक्षा ऐन अध्यादेश पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरेको थियो ।

तर अहिलेसम्म अध्यादेश प्रमाणीकरण भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?