पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०८०
|
|
३४ पटक हेरिएको
Shares
पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए

सारांश

  • गण्डकी ।
  • ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा गरिएको छ हप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिएका छन् ।
  • पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको तालिममा आवश्यक मापदण्ड पूरा गरी अन्तवार्तामार्फत छनोट भएका दुई सय ९८ जना सहभागी भएकामा परीक्षा उत्तीर्ण गरी दुई सय ९२ जनाले प्रमाणपत्र प्राप्त गरेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।

गण्डकी । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा गरिएको छ हप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिएका छन् ।

पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको तालिममा आवश्यक मापदण्ड पूरा गरी अन्तवार्तामार्फत छनोट भएका दुई सय ९८ जना सहभागी भएकामा परीक्षा उत्तीर्ण गरी दुई सय ९२ जनाले प्रमाणपत्र प्राप्त गरेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।

सन् १९९८ देखि टान गण्डकीले विभिन्न समयमा गरी करिब एक हजार नौ सयलाई तालिम प्रदान गरिसकेको उनले बताए। देशको राजनीतिक उथलपुथल, प्राकृतिक प्रकोपसँगै कोरोना महामारीलगायतका कारण पदयात्रा पर्यटन क्षेत्रका मजदुर पलायन हुँदै गएका अवस्थामा गरिएको तालिम र थपिएका पदयात्रा पथप्रदर्शकबाट पोखरालाई आधार बनाएर गरिने पदयात्रासँगै समग्र नेपालको पदयात्रामा महत्त्वपूर्ण सहयोग पुुने विश्वास लिइएको उनले बताए ।

पोखरा आसपासका क्षेत्रमा विश्वकै १० उत्कृष्टमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, धवलागिरि चक्रीय पदमार्ग, सहस्राब्दी (मिलेनियम) पदमार्ग, पुनहिललगायतमा पछिल्लो समयमा पदयात्रा पर्यटनतर्फ आकर्षण बढिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘स्मार्ट सिटी’ बन्दै काठमाडौं
‘स्मार्ट सिटी’ बन्दै काठमाडौं
एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो
एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
भीरबाट झरेको ढुङ्गाले लागेर एकको निधन
भीरबाट झरेको ढुङ्गाले लागेर एकको निधन
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री
गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री
बर्ड फ्लू भेटिएपछि सचेत रहन पशु चिकित्सकको आग्रह
बर्ड फ्लू भेटिएपछि सचेत रहन पशु चिकित्सकको आग्रह
बागलुङमा निवारण भएन हात्तीपाइले
बागलुङमा निवारण भएन हात्तीपाइले
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत !
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत !
दाङ बस दुर्घटना : विवाहको एक हप्ता नपुग्दै पुछियो सिन्दुर
दाङ बस दुर्घटना : विवाहको एक हप्ता नपुग्दै पुछियो सिन्दुर

तपाईंले छुटाउनुभयो कि?