मिडियामाथि ट्रम्पको आक्रोश

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
३३ पटक हेरिएको
Shares
मिडियामाथि ट्रम्पको आक्रोश

सारांश

  • वाशिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उनका छोरा जुनियर ट्रम्प र रूसी कानुन व्यवसायी भएको भेटवार्ताको समाचार प्रकाशन गरेकोमा मिडिया माथि आक्रोश व्यक्त गरेका छन्।
  • समाचार प्रकाशन गरी मिडियाले प्रजातान्त्रिक मूल्यमान्यताको पालना नगरेको  र व्यक्तिको गोपनियताको हकमाथि प्रश्न उठाएको उनको दाबी छ।
  • राष्ट्रपति ट्रम्पले मिडियामाथि लगाएको आरोपको खण्डन गर्दै ह्वाइट हाउस संवाददाताहरूले प्रजातन्त्रिक मुलुकमा स्वतन्त्र प्रेसको अभ्यास हुनुपर्ने बताएका छन् ।

वाशिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उनका छोरा जुनियर ट्रम्प र रूसी कानुन व्यवसायी भएको भेटवार्ताको समाचार प्रकाशन गरेकोमा मिडिया माथि आक्रोश व्यक्त गरेका छन्।

समाचार प्रकाशन गरी मिडियाले प्रजातान्त्रिक मूल्यमान्यताको पालना नगरेको  र व्यक्तिको गोपनियताको हकमाथि प्रश्न उठाएको उनको दाबी छ।

राष्ट्रपति ट्रम्पले मिडियामाथि लगाएको आरोपको खण्डन गर्दै ह्वाइट हाउस संवाददाताहरूले प्रजातन्त्रिक मुलुकमा स्वतन्त्र प्रेसको अभ्यास हुनुपर्ने बताएका छन् । गत वर्ष राष्ट्रपति चुनावको समयमा हिलारी क्लिन्टनसँगको महत्वपूर्ण सूचना  लिनका लागि  जुनियर ट्रम्पले रूसी अधिकारीलाई भेटेको  तथ्य मिडियाले सार्वजनिक गरेका थिए।

हिलारी क्लिन्टनबारे महत्वपूर्ण सुचना रूसी कानुन व्यवसायी वेशेलनिट्कायाले आफूसँग भएको भनी ट्रम्प जुनियरलाई उनले बताएपश्चात्  जुनियर ट्रम्पले रूसी कानुनी व्यवसायीलाई भेटेका थिए ।

राष्ट्रपति ट्रम्पले रिपब्लिकन पाटीको तर्फबाट उम्मेदवारी दिएको करिब २ हप्ता पछि वेशेलनिट्काया र ट्रम्प जुनियर बीच न्यूयोर्क स्थित ट्रम्प टावरमा ९ जुन २०१६ मा  पहिलो भेटवार्ता भएको खुलेको थियो।

निर्वाचनको समयमा उनीहरू बीच भएको भेटवार्ताले राष्ट्रपति निर्वाचनलाई प्रभाव पारेको तथ्य सार्वजनिक भइसक्दा पनि  राष्ट्रपति ट्रम्पले भने यसलाई  स्वीकार गरेका छैनन् ।
नागरिक बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?