जनताको स्वास्थ्यभन्दा ठूलो पैसा होइन : मेयर शाक्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
२६ पटक हेरिएको
Shares
जनताको स्वास्थ्यभन्दा ठूलो पैसा होइन : मेयर शाक्य

सारांश

  • काठमाडौं : ‘पानी छाड्ने बेला हुन लागेको छ, अहिल्यै पिच गर्दा पानी लिकेज भयो भने फेरि पिच गर्नुपर्छ ।
  • दोब्बर खर्च लाग्छ’, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का हिमेशानन्द वैद्यले भने ।
  • काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वैद्यको कुरा नसकिँदै आदेशात्मक शैलीमा भने, ‘पिचमा लाग्ने खर्चभन्दा जनताको स्वास्थ्य ठूलो हो, कैयौं महिना भइसक्यो गौशाला-चाबहिलमा धुलो उडेको ।

काठमाडौं : ‘पानी छाड्ने बेला हुन लागेको छ, अहिल्यै पिच गर्दा पानी लिकेज भयो भने फेरि पिच गर्नुपर्छ । दोब्बर खर्च लाग्छ’, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का हिमेशानन्द वैद्यले भने ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वैद्यको कुरा नसकिँदै आदेशात्मक शैलीमा भने, ‘पिचमा लाग्ने खर्चभन्दा जनताको स्वास्थ्य ठूलो हो, कैयौं महिना भइसक्यो गौशाला-चाबहिलमा धुलो उडेको । धेरै दुःख भइसक्यो तत्काल पिच गर्नुहोस् ।’

चैतमै गौशालादेखि चाबहिल, चाबहिलदेखि धोबीखोला पुल, चाबहिलदेखि जोरपाटीसम्मका सडकमा निर्देशनालयले मेलम्ची खानेपानी आयोजनाका लागि पाइप बिछ्याउने क्रममा खनेको थियो । उक्त सडक वर्षामा हिलाम्य र अन्य समयमा धुलाम्य हुँदा दैनिक हजारौं स्थानीय र पैदलयात्रीको स्वास्थ्यमा नराम्रो असर परेपछि मेयर शाक्यले निर्देशनालय र सडक विभागलाई तत्काल कालोपत्रे गर्न सुझाएका हुन् ।

केही महिनाअघि महानगरपालिकाका कार्यकारी अधिकृत धनीराम शर्माको संयोजकत्वमा खानेपानी, निर्देशनालय, टेलिकम, ट्राफिक प्रहरी, सडक विभाग, विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकायका प्रतिनिधि रहने गरी उपत्यकाका लागि समन्वय तथा अनुगमन समिति गठन गरेको थियो । सोही समितिको सोमबार महानगरपालिकामा बसेको बैठकमा मेयर शाक्यले अनेक बहानामा जनताको स्वास्थ्यमा खेलवाड गर्न नहुने भन्दै निर्देशनालय र विभागलाई तत्काल पिच गर्न भनेका हुन् । बैठकमा कात्तिक मसान्तभित्रै उक्त क्षेत्रका सडक पिच हुने भएका हुन् ।

गौशाला-चाबहिल क्षेत्र महानगरपालिकाको वडा नम्बर ७ मा पर्छ । वडाध्यक्ष शुद्धकुमार डंगोलले सडक खनेर भद्रगोल बनाएकै कारण झन्डै एक वर्ष लाखौं मानिसले धुलो र हिलोको सामना गर्नुपरेको बताए । उनले स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिनुअघि नै सडक खनिएको जानकारी दिँदै भने, ‘मुख्यसचिवलाई भेटेर र लिखित पत्राचार गरेर मात्र नभएपछि दसैंअघि राति १० बजे चाबहिल ल्याएरै देखायौं, सबै दुखेसो पोख्यौं तर अझसम्म केही भएन ।’ उनका अनुसार स्थानीय मिलेर मेलम्ची, निर्देशनालय, सडक विभाग सबै कार्यालय पटक-पटक पुगेको र लिखित पत्राचारसमेत गरेको भए पनि काम भएको छैन । ‘सुरुमा वर्षा सकिएपछि पिच गर्ने कुरो भयो, हामी ढुक्क भयौं तर काम भएन।

दसैंलगत्तै भने, त्यो पनि भएन’, उनले अन्नपूर्णसँग भने, ‘तिहारपछि जसरी पनि गर्ने कुरो भयो, नभएपछि फेरि धायौं । छठपछि भने तर अझै अत्तोपत्तो छैन । किन नभएको हो बुझ्नै सकिएन, जनतालाई के भनेर बुझाउने ? ’ उनले कात्तिकभित्र पनि पिच नभए स्थानीयको जुलुस लिएर विभाग, निर्देशनालय र मेलम्ची कार्यालय घेर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिके राउतलाई काट्ने धम्की दिएपछि बारा मतदान केन्द्रमा खैलाबैला
सिके राउतलाई काट्ने धम्की दिएपछि बारा मतदान केन्द्रमा खैलाबैला
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
काङ्ग्रेस जस्तो ‘सहिष्णु’ पार्टीले जित्नु पर्छ: विश्वप्रकाश शर्मा
काङ्ग्रेस जस्तो ‘सहिष्णु’ पार्टीले जित्नु पर्छ: विश्वप्रकाश शर्मा
शरिरमा पानीको कमी भए यस्ता लक्षण देखा पर्न थाल्छ
शरिरमा पानीको कमी भए यस्ता लक्षण देखा पर्न थाल्छ
नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह
नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह
चुनावको ‘थ्रेट’ विप्लव माओवादी ! के गर्ला सरकारले ?
चुनावको ‘थ्रेट’ विप्लव माओवादी ! के गर्ला सरकारले ?
यस्ताे छ  आजको मौसम
यस्ताे छ आजको मौसम
जिवित हुँदा सबैले हेला गर्थे, मृत्युपछि संसार हल्लियो
जिवित हुँदा सबैले हेला गर्थे, मृत्युपछि संसार हल्लियो
अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई
अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई
आर्य फर्माका ५ विरुद्ध लागू औषध कारोबारको मुद्दा दायर…
आर्य फर्माका ५ विरुद्ध लागू औषध कारोबारको मुद्दा दायर…

तपाईंले छुटाउनुभयो कि?