कांग्रेसमा बिद्रोह हुने संकेत , एमालेलाई सोझाको साथ दैब साबित भएको छ -पुर्व मन्त्री बस्नेत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कांग्रेसमा बिद्रोह हुने संकेत , एमालेलाई  सोझाको साथ दैब साबित भएको छ -पुर्व मन्त्री बस्नेत

सारांश

  • २१, कार्तिक सुर्यबिनायक न पा वार्ड १ मा नेकपा एमालेको बृहत भेला सम्म्पन्न भएको छ।
  • भेलामा प्रतिनिधिशभा क्षेत्र नं २ का उम्मेदवार एवं पुर्ब मन्त्री महेश बस्नेतले भने यस पटक एमालेलाई भक्तपुरमा सोझा साथ दैब हुने भएको छ।
  • बिगतमा जितेको कांग्रेसका नेताहरुको भुमिका कमजोर भएको अबस्थामा जिल्लाको नेताहरुलाई बाइपास गरेर दमननाथ ढुगांनाले टिकट दिनु एमालेकोलागी सोझाको साथ दैब साबित भएको छ।

२१, कार्तिक सुर्यबिनायक न पा वार्ड १ मा नेकपा एमालेको बृहत भेला सम्म्पन्न भएको छ।भेलामा प्रतिनिधिशभा क्षेत्र नं २ का उम्मेदवार एवं पुर्ब मन्त्री महेश बस्नेतले भने यस पटक एमालेलाई भक्तपुरमा सोझा साथ दैब हुने भएको छ। बिगतमा जितेको कांग्रेसका नेताहरुको भुमिका कमजोर भएको अबस्थामा जिल्लाको नेताहरुलाई बाइपास गरेर दमननाथ ढुगांनाले टिकट दिनु एमालेकोलागी सोझाको साथ दैब साबित भएको छ।

कांग्रेसका धेरै नेता कार्यकर्ता बिद्रोह गर्ने या भोट क्रस गर्ने मनस्थितिमा हुनहुन्छ।तसर्थ हामीले बिबेकपूर्ण र वौद्धिक हिसाबले उहाँहरु सँगको सम्बन्ध सुधार गर्दै जानुआबास्यक छ। राष्ट्रिय तथा स्थानीय राजनीति र मुद्दाले हामीलाई पूर्ण साथ दिएको छ। उनले थपे यो सब कारणले एमाले यो पटक यो क्षेत्रमा र देश भरी सान्दार मतले जित्दैछ।

कार्यक्रममा प्रदेश शभाका एमाले उम्मेदवार शशीजंग थापाले एमालेले जिते पछि भक्तपुरमा बिकाशको लहर ल्याउने दाबी गर्नुभयो। जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले उम्मेदवार र कार्यकर्ताले निर्वाचनको बेलामा ध्यान दिनुपर्ने बिषयमा बोलेका थिए। वोडा कमिटी अध्यक्ष श्याम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय माओवादी नेता सहदेब न्यौपाने र नयाँ शक्ति नेपाल जिल्ला उपाध्यक्ष टी पी उप्रेतीले बाम गठबंधनलाई मजबुत बनाउनु पर्नेमा जोड दिदैं गाठबंधनको बिरुद्ध हुनलागेको षड्यन्त्रको जुटेर सामना गर्न आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?