गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन

सारांश

  • भारतमा भेटिएको दुर्लभ एकसिंगे गैँडाको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जले आज प्राविधिक सहितको टोली परिचालन गरेको छ ।
  • निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन शाखाबाट पशुचिकित्सक र प्राविधिक सहितको टोली आज भारत पठाइएको निकुञ्जले जनाएको छ ।
  • भारतबाट प्राप्त सूचनाका आधारमा गैँडाको अवस्था बुझ्न भारत पुगेको टोलीले गैँडा भएको पुष्टि गरेपछि आज उद्धारका लागि टोली भारत गएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं पूर्वी क्षेत्र प्रमुख अभिनय पाठकले जानकारी दिनुभयो ।

भारतमा भेटिएको दुर्लभ एकसिंगे गैँडाको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जले आज प्राविधिक सहितको टोली परिचालन गरेको छ ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन शाखाबाट पशुचिकित्सक र प्राविधिक सहितको टोली आज भारत पठाइएको निकुञ्जले जनाएको छ । भारतबाट प्राप्त सूचनाका आधारमा गैँडाको अवस्था बुझ्न भारत पुगेको टोलीले गैँडा भएको पुष्टि गरेपछि आज उद्धारका लागि टोली भारत गएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं पूर्वी क्षेत्र प्रमुख अभिनय पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवनबाट चारवटा हात्तीसहित करिब ४० जनाको टोली आज बिहानै भारत पुगेको छ । भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीको सहयोगमा गैँडाको उद्धार गरिने जनाइएको छ । नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुईवटा गैँडा भेटिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?