लिम्वुवान सव कमाण्डर मिलन चौसु सहित १५५ जना एमालेमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २३, २०७३
|
|
२७८ पटक हेरिएको
Shares
लिम्वुवान सव कमाण्डर मिलन चौसु सहित १५५ जना एमालेमा प्रवेश

सारांश

  • नेकपा एमाले संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले अन्तर्राष्ट्रिय विषयमा नेपालको एउटै दृष्टिकोण हुनुपर्ने बताउनुभएको छ ।
  • वर्तमान सरकारप्रतिको व्यवहारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई कुनै फाइदा नगर्ने तर हानी गर्नेसक्ने तर्फ सचेत गराउँदै पूर्व सभामुख नेम्वाङले अन्तर्राष्ट्रिय फोरममा नेपालको एउटै धारणा हुनुपर्ने बताउनुभयो ।
  • सोमबार झापाको विर्तामोडमा विजयादशमी तथा तिहार छटको अवसर को गरिएको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै उहाँले अन्तराष्ट्रिय सम्वन्धलाई खेलाचीको रुपमा हेर्न र गर्न नहुने बताउनुभयो ।

नेकपा एमाले संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले अन्तर्राष्ट्रिय विषयमा नेपालको एउटै दृष्टिकोण हुनुपर्ने बताउनुभएको छ ।

वर्तमान सरकारप्रतिको व्यवहारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई कुनै फाइदा नगर्ने तर हानी गर्नेसक्ने तर्फ सचेत गराउँदै पूर्व सभामुख नेम्वाङले अन्तर्राष्ट्रिय फोरममा नेपालको एउटै धारणा हुनुपर्ने बताउनुभयो ।

सोमबार झापाको विर्तामोडमा विजयादशमी तथा तिहार छटको अवसर को गरिएको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै उहाँले अन्तराष्ट्रिय सम्वन्धलाई खेलाचीको रुपमा हेर्न र गर्न नहुने बताउनुभयो ।

१५५ जना एमालेमा प्रवेश

यसैबीच युवा सघ विर्तामोडको सहकार्यमा नेकपा एमाले नगर कमिटी विर्तामोडद्धारा आयोजित शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय ५५ जना युवाहरु एमालेमा प्रवेश गरेका छन् ।

लिम्वुवान नेपालका झापा सव कमाण्डर मिलन चौसुको नेतृत्वमा ३४ जना, राप्रपा नेपालका क्षेत्रीय सदस्य प्रकाश लिम्वुको नेतृत्वमा २७ जना तथा युवा व्यावसायी नगेन्द्र अधिकारीको नेतृत्वमा ४४ जना गरि १ सय ५५ जना एमालेमा प्रवेश गरेका हुन ।

नवप्रवेशीलाई एमाले नेता नेम्वाङ, केन्द्रिय सदस्यहरु हिक्कत कार्की र देवराज घिमिरे, बैकल्पीक केन्द्रिय सदस्य रविन कोइराला, भाष्कर काफ्ले लगायतले अविर टिका र खादा ओढाएर स्वागत गर्नु भएको युवा सघ झापाका प्रचार सहसंयोजक राजकुमार ओलीले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमाले १ नम्वर प्रदेश कमिटी सदस्यहरु, भातृ सघठनका केन्द्रिय सदस्यहरु, झापा जिल्ला कमिटीका अध्यक्ष चिन्तन पाठक, सचिवालय सदस्य एकराज कार्की लगायतले शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चार नहुँदा कसरी खबर पुराउँथे उहिले बाजेका पालामा ?
सञ्चार नहुँदा कसरी खबर पुराउँथे उहिले बाजेका पालामा ?
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए
आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
अमेरिका ३५ रनमा ‘प्याक’
अमेरिका ३५ रनमा ‘प्याक’
भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै
भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी
आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि
ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर
ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर