बाँकेमा आठवटा सहकारी एकीकरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०८०
|
|
३४ पटक हेरिएको
Shares
बाँकेमा आठवटा सहकारी एकीकरण

सारांश

  • जानकी ।
  • बाँकेका आठ वटा सहकारी एकीकरण भएका छन् ।
  • कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरू चुस्त दुरुस्त तरिकाले सञ्चालन हुन नसक्दा साना किसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा सोमबार शमशेरगञ्जमा आयोजित कार्यक्रममा आठ वटा साना किसान सहकारी संस्था अष्टम साना किसान कृषि सहकारी संस्थामा एकीकरण भएका हुन् ।

जानकी । बाँकेका आठ वटा सहकारी एकीकरण भएका छन् । कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरू चुस्त दुरुस्त तरिकाले सञ्चालन हुन नसक्दा साना किसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा सोमबार शमशेरगञ्जमा आयोजित कार्यक्रममा आठ वटा साना किसान सहकारी संस्था अष्टम साना किसान कृषि सहकारी संस्थामा एकीकरण भएका हुन् ।

एकीकरण हुनेमा महादेवपुरी राप्ती सोनारी–८स्थित साना किसान कृषि सहकारी संस्था ली, बैजनाथ–६ स्थित लगनशील साना किसान कृषि सहकारी संस्था ली, बैजनाथ–८स्थित महिला साना किसान कृषि सहकारी संस्था ली, राप्ती सोनारी–४स्थित सूर्यलक्ष्मी साना किसान कृषि सहकारी संस्था ली, राप्ती सोनारी–५स्थित सौगात साना किसान कृषि सहकारी संस्था ली, खजुरा–२ स्थित नवज्योति साना किसान कृषि सहकारी संस्था ली, खजुरा–८ स्थित हातेमालो साना किसान कृषि सहकारी संस्था ली र जानकी–६स्थित आपसी मेलमिलाप साना किसान कृषि सहकारी संस्था ली रहेका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद् दुर्गा चौधरीले नामका लागि मात्र किसान बनेर खेत बाँझो राखेका कारण राज्यले किसानका लागि सहयोग गर्न नसकेको बताए ।

किसान हुँ भन्ने तर आफ्ना लागि खाने तेलसम्म किन्ने परिपाटीले कृषि र सहकारीमा लगानी बढ्न नसकेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?