धनुषामा राजपा र कांग्रेसलाई अन्तर्घातको डर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
धनुषामा राजपा र कांग्रेसलाई अन्तर्घातको डर

सारांश

  • २४ कात्तिक, जनकपुर ।
  •  धनुषा क्षेत्र नम्बर ३ को ‘ख’को चुनावी माहोल अहिले निकै तातिएको छ ।
  • नेपाली कांग्रेस र राजपा बीच यहाँ मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

२४ कात्तिक, जनकपुर । धनुषा क्षेत्र नम्बर ३ को ‘ख’को चुनावी माहोल अहिले निकै तातिएको छ । नेपाली कांग्रेस र राजपा बीच यहाँ मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर, दुवै पार्टीलाई एउटै चिन्ताले सताएको छ । त्यो हो अन्तर्घात ।

स्थानीय तहको चुनावमा राजपाले राम्रो प्रदर्शन गरे थियो । धेरै जसो वडाहरुमा राजपाले आफनो जित हासिल गरेको थियो ।

कतिपय राजनीतिक जानकारहरुका अनुसार कांग्रेसभित्रको अन्तर्घातका कारण स्थानीय तहको चुनावमा राजपालाई पल्ला भारी भएको थियो ।

प्रदेशको चुनावमा फेरि यस्तै अवस्था त आउने होइन भन्ने चिन्ता पार्टीहरुमा देखिएको छ । दुवै पार्टी अहिले अन्तरघातलाई कसरी रोक्ने विषयमा नै केन्दि्रत रहेको छ ।

राजपाले जनकपुरमा परमेश्वर साहलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले श्याम साहलाई उम्मेदवार बनाएको छ ।

यसले गर्दा प्रदेशको सहरी क्षेत्रमा कसले जित्ने भन्ने सहज अनुमान गर्न निकै गाहो रहेको छ । स्थानीय तहमा आएको मत परिणामलाई हेर्न हो भने राजपाको अवस्था राम्रो छ ।

स्थानीय तहको मत अनुसार राजपाले प्रदेशको ३ ‘ख’ मा ९ हजार ७९५ मत ल्याएको थियो । त्यसैगरी कांग्रेसले ७ हजार र वाम गठबन्धनले ३ हजार मत प्राप्त गरेको थियो । तर, दुबै पार्टीमा उम्मेदवारी दर्ता गर्नु पूर्व धेरै आकांक्षी भएकोले अहिले असन्तुष्टि बढेको छ ।

राजपाले जनकपुरको सहरी क्षेत्रमा निकै राम्रो प्रदर्शन गरेपछि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिरा,जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी सहित टिकटको आकांक्षी थिए । तर, परमेश्वरलाई टिकट दिएपछि अरु असन्तुष्ट देखिएका छन् ।

टिकटका आकांक्षीहरु अन्य पार्टीमा समेत जान सक्ने चर्चा चलेको छ । उनीहरुलाई मिलाउन सकिएन भने राजपाको लागि निकै ठूलो चुनौती छ ।

प्रदेश नम्बर ३ ‘ख’को राजपाबाट उम्मेदवार रहेका परमेश्वर साहले सबैले आआफनो आकांक्ष देखाउनु स्वभाविक रहेको बताउँदै असन्तुष्टहरुलाई मिलाउने प्रयास भइरहेको बताए ।

राजपाले आफनो असन्तुष्ट पक्षलाई मिलाउन सकेन भने जित्न गाह्रो छ । कांग्रेसका तर्फबाट ३ ‘ख’ मा उम्मेदवार बनेका श्यामप्रसाद साह जनकपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हुन् ।

दुई पटकसम्म अध्यक्ष रहेका साहलाई पार्टीले उनको नगरमा रहेको बलियो पकडको कारणले गर्दा नै उम्मेदवार बनाएको हो ।

कतिपयले पार्टीको अहिलेको निर्णयलाई समय सापेक्ष रहेको बताइरहेको भएपनि कांग्रेस भित्रै साहलाई उम्मेदवार बनाएपछि निकै असन्तुष्टिहरु बाहरिएको समेत छ ।

पूर्व मयेर बजरंगप्रसाद साहले प्रदेशमा आफ्नो आकांक्षीहरु देखाएका थिए । तर, कानुनी बाध्यताको कारणले उनी निर्वाचन लड्न योग्य नरहेको कारणले गर्दा उनले हरिशंकर साहको नाम प्रस्ताव गरेको थियो । तर, उनलाई टिकट नदिएर श्यामलाई टिकट दिएपछि पार्टीको एउटा खेमा यसको विरुद्धमा देखिएका छन ।

उनीहरुले पार्टीको विरुद्धमा मतदान गरेको अवस्थामा पार्टीलाई यस निर्वाचनमा समेत निरासा नै हात लाग्ने अनुमान गरिएको छ । तर, श्यामले जसरी राजपाका असन्तुष्टहरुलाई समात्ने प्रयासमा लागेका छन्, त्यसले कांग्रेसको असन्तुष्टिले खासै प्रभाव भने नपार्ने अनुमान गरिएको छ ।

राजपाको असन्तुष्ट श्यामको पक्षमा गएन र कांग्रेसको एउटा पक्षले विपक्षमा मत हालेको अवस्थामा कांग्रेसलाई फेरि निरासा नै हात लाग्ने सम्भावना रहेको छ ।

यता श्याम साहले अहिलेसम्म आफूले पार्टीमा टिकट वितरण भएपछि असन्तुष्टि नदेखिएको दावि गरे । उनले भने-‘मलाई त लाग्दै की कोही असन्तुष्ट होलान,तरपनि सिट एउटा भएको कारणले पार्टीले विचार गरेर नै टिकट वितरण गरेको कारणले यसप्रति कसैले चित दुखाउन नहुँदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
डोल्पाका ज्येष्ठ नागरिकले भत्ता पाएनन्
डोल्पाका ज्येष्ठ नागरिकले भत्ता पाएनन्
प्रदेश प्रमुख हेरफेर गर्ने सरकारको निर्णयलाई आयोगको साथ!
प्रदेश प्रमुख हेरफेर गर्ने सरकारको निर्णयलाई आयोगको साथ!
करिश्मालाई चुम्बनको एक दृष्य खिच्न तीन दिन लाग्यो
करिश्मालाई चुम्बनको एक दृष्य खिच्न तीन दिन लाग्यो
स्थानीय तह उपनिर्वाचनः कांग्रेस-एमाले मिलेर माओवादीको लालकिल्ला भत्काउने तयारी
स्थानीय तह उपनिर्वाचनः कांग्रेस-एमाले मिलेर माओवादीको लालकिल्ला भत्काउने तयारी
धनुषामा बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास
धनुषामा बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास
उम्मेदवारी छनोटको अन्तिम तयारीमा नेपाली कांग्रेस !
उम्मेदवारी छनोटको अन्तिम तयारीमा नेपाली कांग्रेस !
सन्तुलित छिमेक सम्बन्धको सुरुवात गरें : ओली
सन्तुलित छिमेक सम्बन्धको सुरुवात गरें : ओली
क्युआर कोड मार्फत गरिएको भुक्तानीलाई राष्ट्र बैंकले स्वीकार गर्ने
क्युआर कोड मार्फत गरिएको भुक्तानीलाई राष्ट्र बैंकले स्वीकार गर्ने
नेकपा जिल्ला तहको एकतामा सहमति, अन्तिम नामावली तयार हुँदै
नेकपा जिल्ला तहको एकतामा सहमति, अन्तिम नामावली तयार हुँदै

तपाईंले छुटाउनुभयो कि?