आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ

सारांश

  • गौशाला, २७ कात्ति : कजलेश्वर नगरपालिकाका एक वडा अध्यक्ष गएराति आफ्नै दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
  • गए राति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर दुवैलाई रंगेहात पक्राउ गरिएको आरोप रहेको प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।

गौशाला, २७ कात्ति : कजलेश्वर नगरपालिकाका एक वडा अध्यक्ष गएराति आफ्नै दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गए राति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर दुवैलाई रंगेहात पक्राउ गरिएको आरोप रहेको प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।

सो महिलाका घरका सदस्यहरु तथा गाउँलेले अध्यक्ष सिंह र दलित महिलालाई पक्राउ गरी प्रहरी बोलाएर गए राति ११ बजे दुवैलाई प्रहरीको जिम्मा लगाएको थियो भने प्रहरीले दुवैलाई गए राति नै मेडिकल जाँच गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको प्रहरीले जनाएको छ । सिंह तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा विजयी भएका थिए ।
करिब नौ महिनाअघि वैदेशिक रोजगारीका क्रममा पतिको मृत्यु भएकी सो दलित महिला सदस्यले गत असोज २ गते भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा दलित महिला वडा सदस्यमा नेकपा एमालेबाट विजयी भएकी थिइन् । पति गुमाएर विधवा रहेकी दलित महिला वडा सदस्य गए राति आफ्ना चार बालबालिकासँग सुतिरहेको बेला वडाध्यक्ष सिंह उनको घरमा पसेको उनीसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोप महिलाका परिवारका अन्य सदस्य तथा गाउँलेले लगाएका छन् ।

प्रहरी उपरीक्षक कडायतले वडाध्यक्ष सिंह तथा महिला वडा सदस्यमाथि लगाइएको आरोपको सम्बन्धमा प्रहरीले घटनाको वास्तविकता के हो भन्ने बारे थप अनुसन्धान र सोधपुछ गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र नेपालबीच छलफल, होला त पार्टी एकीकरण ?
प्रचण्ड र नेपालबीच छलफल, होला त पार्टी एकीकरण ?
भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु
भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु
स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गर्दै एमाले अध्यक्ष ओली
युवा संघ नेपालको केन्द्रीय कार्यालयमा सयौं युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा  प्रवेश .
युवा संघ नेपालको केन्द्रीय कार्यालयमा सयौं युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा  प्रवेश .
बुटवलको भाटभटेनीमा आगलागी
बुटवलको भाटभटेनीमा आगलागी
केयूकेएलले ५ लाख लिटरको ट्याँकी खन्दा भक्तपुरमा पहिरो
केयूकेएलले ५ लाख लिटरको ट्याँकी खन्दा भक्तपुरमा पहिरो
पर्सा,बाजुरा र सुनसरीमा आगलागीबाट क्षति
पर्सा,बाजुरा र सुनसरीमा आगलागीबाट क्षति
युवा संघ नेपालले स्थापना दिवसकाे अवसरमा गर्यो जेष्ठ नागरिकलाई  सम्मानित
युवा संघ नेपालले स्थापना दिवसकाे अवसरमा गर्यो जेष्ठ नागरिकलाई सम्मानित
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउँदै
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउँदै
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?

तपाईंले छुटाउनुभयो कि?