प्रदेश नं. ५, जहाँ यसरी हुँदैछ हाइप्रोफाइल भिडन्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश नं. ५, जहाँ यसरी हुँदैछ हाइप्रोफाइल भिडन्त

सारांश

  • देशका ठूला नेताहरूको गृहजिल्ला रहेको ५ नम्बर प्रदेशमा चुनाव पनि रोचक हुँदैछ ।
  • धेरै नेताको भविष्य चुनावले निर्धारण गर्दैछ ।
  • स्थानीय तहमा दलहरूले पाएको मतलाई आधार मान्ने हो भने यस्तो भिडन्त हुँदैछ, ५ नम्बर प्रदेशको चुनावमा ।

देशका ठूला नेताहरूको गृहजिल्ला रहेको ५ नम्बर प्रदेशमा चुनाव पनि रोचक हुँदैछ । धेरै नेताको भविष्य चुनावले निर्धारण गर्दैछ । स्थानीय तहमा दलहरूले पाएको मतलाई आधार मान्ने हो भने यस्तो भिडन्त हुँदैछ, ५ नम्बर प्रदेशको चुनावमा ।

नवलपरासी १ : हृदेश त्रिपाठी र देवकरण कलवारको भिडन्त
अगामी निर्वाचनका लागि प्रदश नं. ५ को नवलपरासी क्षेत्र नं. १ बाट वाम गठबन्धनबाट हृदयेस त्रिपाठी र लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका देवकरण प्रसाद कलवार चुनावी मैदानमा छन् । राजपा छोडेर त्रिपाठी स्वतन्त्र समूहको नाममा एमालेसँग मिलेर चुनावमा उठेका हुन् ।

गत स्थानीय तहमा दलहरूले पाएको मतका आधारमा नवलपरासी १ मा वाम र लोकतात्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । यहाँ वाम गठबन्धनको पक्षमा २५ हजार १ सय ९७ मत खसेको थियो भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २४ हजार ३ सय ४२ मत खसेको थियो । यस आधारमा यहाँ वाम गठबन्धन ८ सय ५५ मतले अगाडि रहेको छ ।

नवलपरासी २ : देवेन्द्रराज कँडेल र घनश्याम यादवको प्रतिस्पर्धा
नवलपरासी २ मा लोकतान्त्रिक गठबन्धनबाट देवेन्द्रराज कँडेल र वाम गठबन्धनबाट घनश्याम यादव चुनावी प्रतिस्पर्धामा छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेले १६ हजार १ सय २६ र माओवादीले १० हजार २ सय १९ गरी वाम गठबन्धनले २६ हजार ३ यस ४५ मत पाएको थियो । यस्तै काङ्ग्रेसले २० हजार ९ सय ३ र राप्रपाले २१ सय ६१ गरी लोकतान्त्रिक गठबन्धनले २३ हजार ६४ मत पाएको थियो । यहाँ ३ हजार २ सय ८१ मतले वाम गठबन्धन अगाडि रहेको छ ।

रूपन्देही १ : अब्दुल र छविलालको लडाइँ  
रूपन्देही १ मा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमाले नेता छविलाल विश्वकर्मा र लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका अब्दुल रजाक चुनावी प्रतिस्पर्धामा छन् ।

गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा एमालेले २० हजार ५ सय र माओवादीले ५ हजार ७ सय ४ मत गरी वाम गठबन्धनले २६ हजार २ सय ४ मत पाएको थियो । यस्तै नेपाली काङ्ग्रेसले १६ हजार ७ सय ९१ र राप्रपाले ७ हजार ५ सय ४० मत पाएको थियो । यहाँ लोकतान्त्रिक वगठबन्धनको पक्षमा २४ हजार ३ सय ३१ मत रहेको छ । १८ सय ७३ मतले वाम गठबन्धन अगाडि देखिए पनि यहाँ द्विपक्षीय कडा प्रतिस्पर्धा हुने भएको हो ।

रूपन्देही २ : युवराज गिरी र विष्णु पौडेलको प्रतिस्पर्धा
पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेल र काङ्ग्रेसका युवराज गिरीबीच रूपन्देही २ मा प्रतिस्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा यहाँ एमालेले ३२ हजार ४ सय ९७ र माओवादी केन्द्रले ८ हजार ३ सय १७ मत पाएको थियो । यस्तै नेपाली काङ्ग्रेसले १४ हजार २ सय ६९ र राप्रपाले ३ सय ७८ मत पाएको थियो । यस आधारमा वाम गठबन्धनको पक्षमा ४० हजार ८ सय १४ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १४ हजार ६ सय ४७ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन २६ हजार ६७ मतले अगाडि रहेको छ ।

रूपन्देही ३ : दीपक बोहोरा र घनश्याम भुसालको लडाइँ
आगामी प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही ३ मा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका दीपक बोहोरा र वाम गठबन्धनबाट एमालेका घनश्याम भुसालबीच प्रतिस्पर्धा हुँदैछ । स्वास्थ्यमन्त्री समेत रहेका बोहोरा र बौद्धिक नेताको छवि बनाएका एमालेका युवा नेता भुसालबीच रोचक चुनावी भिडन्त हुने भएको हो ।
गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले ११ हजार १ सय ९८ र राप्रपाले ३ हजार ८ सय ३२ गरी लोकतान्त्रिक गठबन्धनको पक्षमा १६ हजार २० मत रहेको छ । यस्तै एमालेले पाएको १३ हजार ५ सय १७ र माओवादीले पाएको ४ हजार ४ सय ५ गरी वाम गठबन्धनको पक्षमा १७ हजार ९ सय २२ मत रहेको छ । स्थानीय तहको निर्वाचनको अङ्क हेर्ने हो भने यहाँ वाम गठबन्धन २ हजार ९ सय २ मतान्तरले अघि रहेको छ । सानो मतान्तर भएका कारण यहाँ दुई गठबन्धनबीच कडा चुनावी प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ ।

रूपन्देही ४ : त्रिपक्षीय भिडन्त
आगामी प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही ४ मा वाम गठबन्धनबाट एमालेका ओमप्रकाश यादव गुल्जारी, नेपाली काङ्ग्रेसका प्रमोद यादव र राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाबीच त्रिपक्षीय भिडन्त हुँदैछ । गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले १० हजार ५ सय ९, एमालेले २ हजार ३ सय ९, माओवादी केन्द्रले २ हजार २ सय ६४, सङ्घीय समाजवादी फोरमले १० हजार २ सय ६६, राप्रपाले १० हजार २ सय ६६ र फोरम लोकतान्त्रिकले ७ हजार ८ सय १ मत पाएको थियो । यो मतका आधारमा यहाँ लोकतान्त्रिक गठबन्धन अन्तर्गतको नेपाली काङ्ग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकको मत जोड्दा २० हजार २ सय ८ मत छ । यस्तै एमाले र माओवादीको वाम गठबन्धनको ४ हजार ५ सय ७३ मत छ । यस्तै सङ्घीय समाजवादी फोरमको १० हजार २ सय ६६ मत छ । स्थानीय तहको दोस्रो चरणमा रूपन्देहीमा चुनावमा भएकाले राजपा चुनावमा सहभागी नभएका कारण उसको मत देखिएको छैन । यसअर्थमा यहाँ वाम गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धन १५ हजार ६ सय ३५ मतले अगाडि रहेको छ । यो क्षेत्रमा राजपाको मत कति छ भन्ने आधार नभएको र समाजवादी फोरमको १० हजार हाराहारी मत रहेकाले यहाँ मुख्य रूपमा मधेसी मोर्चा र लोकतान्त्रिक गठबन्धन बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

रूपन्देही ५ : भरत साह र डिलाराम आर्चायको प्रतिस्पर्धा
आगामी प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही ५ मा लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका भरत साह र वाम गठबन्धनबाट माओवादी केन्द्रका डिलाराम आचार्यबीच प्रतिस्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले १९ हजार ४ सय ३३, एमालेले १८ हजार ४ सय २०, माओवादी केन्द्रले ३ हजार १ सय ८४, समाजवादी फोरमले ११ हजार ३ सय १५, राप्रपाले २ हजार २ र फोरम लोकतान्त्रिकले ३ हजार ६ सय ७६ मत पाएको थियो । यसअनुसार काङ्ग्रेस, फोरम लोकतान्त्रिक र राप्रपाको मत जोड्दा लोकतान्त्रिक गठबन्धनको पक्षमा २५ हजार १ सय ११ मत देखिन्छ । यस्तै माओवादी  र एमालेको मत जोड्दा २१ हजार ६ सय ४ हुन्छ । अर्थात यहाँ ३ हजार ५ सय ७ मतले लोकतान्त्रिक गठबन्धन अगाडि देखिन्छ ।

अर्घाखाँची : टोपबहादुर र रामबहादुरको भीडन्त
अर्घाखाँचीमा वाम गठबन्धनबाट माओवादीका टोपबहादुर रायमाझी र लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका रामबहादुर बिसीबीच प्रतिस्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा यो जिल्लामा काङ्ग्रेसले ३० हजार ८ सय ८५, एमालेले ३६ हजार ७ सय २६, माओवादीले १४ हजार ९ सय ७४ र राप्रपाले १ सय २४ मत पाएको थियो । यो मतका आधारमा यहाँ लोकतान्त्रिक गठबन्धनको पक्षमा ३० हजार ९ सय ७४ र वाम गठबन्धनका पक्षमा ५१ हजार ७ सय मत रहेको छ । अर्थात् यहाँ वाम गठबन्धन २० हजार ७ सय २६ मतले अगाडि रहेको छ ।

पाल्पा १ : घिमिरे र रानाको लडाइँ
पाल्पा १ मा काङ्ग्रेसका विजय घिमिरे र एमालेका दलबहादुर रानाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले २० हजार १६, एमालेले २६ हजार ९ सय ४१, माओवादीले २ हजार ७ सय ४२ र राप्रपाले ५६ मत ल्याएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा २९ हजार ६ सय ८३ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २० हजार ७२ मत रहेको छ । अर्थात यहाँ लोकतान्त्रिक गठबन्धन ९ हजार ६ सय ११ मतले अगाडि रहेको छ ।

पाल्पा २ : हरि नेपाल  सोमप्रसाद पाण्डेको प्रतिस्पर्धा
आगामी प्रतिनिधि सभा निर्वाचनमा पाल्पा २ बाट काङ्ग्रेसका हरि नेपाल र एमालेका सोमप्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले ३७ हजार ५२, एमालेले ३८ हजार ४ सय २१, माओवादीले १५ हजार १ सय ३३ राप्रपाले ९७ मत पाएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा ५३ हजार ५ सय ४४ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३७ हजार १ सय ४९ मत रहेको छ । अर्थात वाम गठबन्धन १६ हजार ३ सय ९५ मतले अगाडि रहेको छ ।

गुल्मी १ : चन्द्र केसी र गोकर्ण विष्ट
गुल्मी क्षेत्र नं. १ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनबाट पूर्व मन्त्रीसमेत रहेका एमाले नेता गोकर्ण विष्ट र लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका चन्द्र केसी प्रतिस्पर्धामा छन् ।

गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले २५ हजार ५ सय ६६, एमालेले १७ हजार ४ सय ३, माओवादीले ४ हजार ५ सय ४ र राप्रपाले ६७ मत पाएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा ३१ हजार ९ सय ७ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३६ हजार ८ सय ३५ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन ९ हजार ७ सय ८२ मतले अगाडि रहेको छ ।

गुल्मी २ : चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच लडाइँ
आगामी प्रतिनिधि सभा निर्वाचनमा गुल्मी क्षेत्र नं. २ मा रोचक चुनावी लडाइँ हुने भएको छ । एमाले सचिव प्रदीप ज्ञवाली र नेपाली काङ्ग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी प्रतिस्पर्धामा रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा गुल्मी २ मा एमालेले २७ हजार ४ सय ८६, काङ्ग्रेसले २३ हजार ३ सय ३८, माओवादीले ९ हजार ४ सय ९० र राप्रपाले १ सय ४४ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३६ हजार ९ सय ७६ मत रहेको छ भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २३ हजार ४ सय ८२ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन १३ हजार ४ सय ९४ मतले अगाडि रहेको छ ।

कपिलवस्तु १ : पूर्वराजदूत उपाध्याय, बलदेव र खाँबची त्रिपक्षीय भिडन्त
आगामी प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु १ मा त्रिपक्षीय भिडन्त हुने भएको छ । भारतका लागि पूर्व नेपाली राजदूतसमेत रहेका काङ्ग्रेसका नेता दीपकुमार उपाध्याय, माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेव र समाजवादी फोरमका अब्दुल रिद खाँबीच त्रिपक्षीय भिडन्त हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले २५ हजार ५ सय ९, एमालेले २३ हजार १ सय ९४, माओवादीले ६ हजार ५ सय ३, राप्रपाले १ हजार ८ सय ७३ र समाजवादी फोरमले ६ हजार २ सय ५९ मत ल्याएको थियो । यसअनुसार यहाँ वाम गठबन्धनको पक्षमा २९ हजार ६ सय ९७ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २७ हजार ३ सय ८२ मत रहेको छ । यहाँ वाम गठबन्धन २३ सय १५ मतले अगाडि रहेको छ ।

कपिलवस्तु २ : आर्चाय र गुप्ताको प्रतिस्पर्धा
आगामी प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु २ बाट काङ्ग्रेसका सुरेन्द्रराज आर्चाय र एमालेका बृजेशकुमार गुप्ताबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै समाजवादी फोरमका रामनरेस यादव पनि प्रतिस्पर्धामा छन् ।

गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले २५ हजार ३ सय २९, एमालेले १२ हजार ३ सय ८९, माओवादीले ३ हजार ४ सय ३५, राप्रपाले २ हजार २ सय ७१ र समाजवादी फोरमले २ हजार ६ सय २९ मत ल्याएको थियो ।

यहाँ वाम गठबन्धनको पक्षमा १५ हजार ८ सय २४ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २७ हजार ६ सय मत रहेको छ । अर्थात वाम गठबन्धन ११ हजार ७ सय ७६ मतले अगाडि रहेको छ ।

कपिलवस्तु ३ : साह, मिश्रा र गुप्ताको भिडन्त
कपिलवस्तु ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि काङ्ग्रेसका पूर्व सांसद समेत रहेका अभिषेकप्रताप साह, एमालेका ईश्वरदयाल मिश्र र समाजवादी फोरमका मङ्गलप्रसाद मिश्र चुनावी मैदानमा छन् ।

गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले १४ हजार ९ सय ९८, एमालेले १५ हजार ५ सय ७८, माओवादीले ६ हजार ८ सय ९८, राप्रपाले ४ हजार १ सय १८ र समाजवादी फोरमले ९ हजार १ सय ८० मत ल्याएको थियो । यहाँ लोकतान्त्रिक गठबन्धनको पक्षमा १९ हजार १ सय १६ मत रहेको छ भने वाम गठबन्धनको पक्षमा २२ हजार ४ सय ७६ मत रहेको छ । यहाँ ३ हजार ३ सय ६० मतले वाम गठबन्धन अगाडि रहे पनि यसअघि समाजवादी फोरममा रहेका र स्थानीय स्तरमा प्रभाव छोडेका युवा नेता अभिषेक प्रतापले राम्रो मत पाउने अनुमान गर्न सकिन्छ । यहाँ वाम र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

दाङ १ : दुई चौधरीको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नं. १ मा वाम गठबन्धनबाट एमालेका मेटमणि चौधरी र लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका सुशीला चौधरीबीच प्रतिस्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले १९ हजार ५८, एमालेले २२ हजार ६ सय ९, माओवादीले १३ हजार ६ सय ५३ र राप्रपाले १२ सय ८६ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३६ हजार २ सय ६२ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २० हजार ३ सय ४४ मत रहेको छ । स्थानीय तहको मतका आधारमा वाम गठबन्धन १५ हजार ९ सय १८ मतले अगाडि देखिएको छ ।

दाङ क्षेत्र नं. २ : राजु खनाल र कृष्णबहादुर महाराबीच भिडन्त
प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नं. २ चर्चामा रहेको छ । यहाँ माओवादी केन्द्रका नेता तथा विनाविभागीय उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेपाली काङ्ग्रेसका राजु खनाल प्रतिस्पर्धामा रहेका छन् ।

गत स्थानीय तहको निर्वाचमा दाङ ३ मा काङ्ग्रेसले २१ हजार ३ सय ९, एमालेले १७ हजार ९ सय ६, माओवादीले १७ हजार ५ सय ३५ र राप्रपाले १ हजार ८८ मत ल्याएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा ३५ हजार ४ सय ४१ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २२ हजार ३ सय ९७ मत ल्याएको थियो । अर्थात यहाँ वाम गठबन्धन १३ हजार ४४ मतले अगाडि छ ।

दाङ क्षेत्र नं. ३ : पूर्वमन्त्री गिरी र हरिचन्द्र केसीबीच प्रतिस्पर्धा
आगामी प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ मा काङ्ग्रेसका नेता तथा पूर्व सिंचाइ मन्त्री दीपक गिरी र र एमाले नेता हरिचन्द्र केसीबीच प्रतिस्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा दाङ ३ मा काङ्ग्रेसले ३० हजार ७ सय ३१, एमालेले २९ हजार ८ सय ४८, माओवादीले १८ हजार ३ सय ३९ र राप्रपाले ९ सय ४२ मत ल्याएको थियो ।

यहाँ वाम गठबन्धनको पक्षमा ४८ हजार १ सय ८७ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३१ हजार ६ सय ७३ मत देखिन्छ । अर्थात वाम गठबन्धन १६ हजार ५ सय १५ मतले अगाडि रहेको छ ।

प्युठान : प्राधिकरणका पूर्व सीईओ पोखरेल र दुर्गा पौडेलको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनका लागि १ मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व सीईओ डा. गोविन्दराज पोखरेल र नेकपा मसालमा महामन्त्री मोहन विक्रम सिंहकी पत्नी दुर्गा पौडेल वाम गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा रहेकी छिन् ।

गत स्थानीय तहको निर्वाचनमा प्युठानमा काङ्ग्रेसले १८ हजार ८ सय ५३, एमालेले २८ हजार ८ सय ५३, माओवादीले १७ हजार ८३, राष्ट्रिय जनमोर्चाले १७ हजार ३ सय ६ र राप्रपाले १३ सय ३३ मत पाएको थियो ।

यहाँ वाम गठबन्धनको पक्षमा ६३ हजार २ सय ६६ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २० हजार १ सय ८३ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन ४३ हजार ८० मतले अगाडि रहेको छ ।

यहाँ काङ्ग्रेस र राप्रपासहितको लोकतान्त्रिक गठबन्धन र एमाले, माओवादी र जनमोर्चा ३ दल एक भएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

रोल्पा : वर्षमान र अमरसिंह, दुई मगर भाइको लडाइँ
प्रतिनिधि सभा निर्वाचनका लागि १ मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा काङ्ग्रेसका अमरसिंह पुन र माओवादीका वर्षमान पुन चुनावी मैदानमा छन् । यहाँ काङ्ग्रेसले २१ हजार ६ सय ७८, एमालेले १४ हजार ५ सय ८८, माओवादीले ३३ हजार ६ सय २७, मालेले ९ हजार ३ सय १, जनमोर्चाले १ सय २८ र राप्रपाले १७ सय २६ मत ल्याएको थियो । यहाँ ४  वामपन्थी दलहरूको ४८ हजार ८ सय ५४ र लोकतान्त्रिक गठबन्धनको २३ हजार ४ सय ४ मत रहेको छ । अर्थात वाम गठबन्धन २५ हजार ५० मतले अगाडि रहेका कारण वर्षमान अलि सहज ठाउँमा छन् ।

पूर्वी रुकुम : कमला रोक्का र हरिशङ्कर घर्तीको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा नेपाली काङ्ग्रेसका हरिशङ्कर घर्ती र माओवादी केन्द्रकी कमला रोक्का प्रतिस्पर्धामा छन् ।
गत स्थानीय तहको निर्वाचनमा यहाँ नेपाली काङ्ग्रेसले २१ हजार ६ सय ७८, एमालेले १४ हजार ५ सय ८८, माओवादी केन्द्रले ३३ हजार ६ सय २७ र राप्रपाले १७ सय २६ मत पाएको थियो ।

यस अधारमा यहाँ वाम गठबन्धनको पक्षमा ४८ हजार २ सय १५ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २३ हजार ४ सय ४ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन २४ हजार ८ सय ११ मतले अगाडि रहेको छ ।

बाँके १ : काङ्ग्रेस र माओेवादीको  भिडन्त
बाँके क्षेत्र नंं १ मा आगामी प्रतिनिधि सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका उम्मेदवार माधवराज खत्री र माओवादी केन्द्रका उम्मेदवार महेश्वर गहतराज चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट २३ हजार ८ सय २०, एमालेले १८ हजार ५८९, माओवादीले १२ हजार ५ सय ३ र राप्रपाले ३ हजार ८ सय ८८ मत पाएको थियो । यहाँ वाम गठबन्धनको ३१ हजार ९२ मत छ भने लोकतान्त्रिक गठबन्धनको २७ हजार ७ सय ८ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन ३ हजार ३ सय ८४ मतले अगाडि देखिएको छ । स्थानीय तहको निर्वाचनमा प्राप्त मतका आधारमा यहाँ दुई गठबन्धनबीच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

बाँके २ : राप्रपा र एमालेको भिडन्त
बाँके क्षेत्र नंं २ मा आगामी प्रतिनिधि सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका उम्मेदवार ओमप्रसाद आजाद र एमालेका पशुपति दयाल मिश्रबीच प्रतिस्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा बाँके २ मा काङ्ग्रेसले १४ हजार ३ सय २, एमालेले ११ हजार ७ सय ७, माओवादीले ९ हजार ६ सय ६५ र राप्रपाले ८ हजार ५ सय ९५ मत पाएको थियो । यहाँ वाम गठबन्धनको २१ हजार ३ सय ७२ र लोकतान्त्रिक गठबन्धनको २२ हजार ८ सय ९७ मत रहेको छ । १५ सय २५ मतले वाम गठबन्धन अगाडि देखिए पनि यहाँ आफ्नो पक्षमा जित निकाल्न दुवै गठबन्धनले कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

बाँके ३ : बादशाह र कुर्मीको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनमा बाँके ३ मा वाम गठबन्धनबाट नन्दलाल रोका क्षेत्री र लोकतान्त्रिक गठबन्धनबाट बादशाह कुर्मी प्रतिस्पर्धामा रहेका छन् । स्थानीय तहको निर्वाचनको मत हेर्दा याहाँ काङ्ग्रेसले १३ हजार ४ सय ६७, एमालेले १८ हजार २ सय ६८, माओवादीले १० हजार ६ सय ३७ र राप्रपाले ५ हजार ३ सय ६० मत पाएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा २९ हजार २ सय ५ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १८ हजार ८ सय २७ मत देखिन्छ । यस आधारमा यहाँ वाम गठबन्धन १० हजार ३ सय ७८ मतले अगाडि रहेको छ ।

बर्दिया १ : वामदेव र सञ्जय गौतमको भिडन्त
बर्दिया क्षेत्र नं. १ मा एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री वामदेव गौतम काङ्ग्रेस नेता तथा हालका सिंचाइ मन्त्री सञ्जयकुमार गौतमले प्रतिस्पर्धा गर्दैछन् । यो निर्वाचन क्षेत्रमा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनको पक्षमा ५४ हजार ९ सय ५ मत आएको थियो भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २५ हजार ७ सय ४२ मत आएको थियो  । यो हिसाबमा वाम गठबन्धनका गौतम २९ हजार १ सय ६३ मतले अगाडि देखिएको छ ।

बर्दिया क्षेत्र नं. २ : गोपाल दहित र सन्तकुमार थारुको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनका लागि बर्दिया क्षेत्र नं. २ मा वाम गठबन्धनबाट माओवादीका सन्तकुमार थारु र लोकतान्त्रिक गठबन्धनबाट गोपाल दहित चुनावी मैदानमा छन् । स्थानीय तहको निर्वाचनमा यहाँ काङ्ग्रेसले २९ हजार ७ सय ७, एमालेले २२ हजार १ सय ७६, माओवादीले ३१ हजार ८ सय ४६ र राप्रपाले १८ सय २९ मत ल्याएको थियो ।
यहाँ वाम गठबन्धनको पक्षमा ५४ हजार २२ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३१ हजार ६ सय ३६ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन २२ हजार ३ सय ८६ मतले अगाडि देखिन्छ ।
रातो पाटी बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भगवानसँग प्रार्थना गर्छु, एमाले माओवादी छिटो मिलुन् : प्रदीप पौडेल
भगवानसँग प्रार्थना गर्छु, एमाले माओवादी छिटो मिलुन् : प्रदीप पौडेल
फाँसीको अघिल्लो दिन निर्भया बलात्कारका दोषीको जेलमा रुवावासी
फाँसीको अघिल्लो दिन निर्भया बलात्कारका दोषीको जेलमा रुवावासी
बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह
बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
इमरान खानः अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाक प्रधानमन्त्री
इमरान खानः अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाक प्रधानमन्त्री
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन
बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन
Share Documents Online and just how it can be used to benefit your organisation
महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित !
मंहगी बढेकाले बजार अनुगमन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
मंहगी बढेकाले बजार अनुगमन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?