उपत्यकामा मेट्रो रेल सञ्चालन गरिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
५२ पटक हेरिएको
Shares
उपत्यकामा मेट्रो रेल सञ्चालन गरिने

सारांश

  • काठमाडौँ ।
  • सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
  • लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको हो ।

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनकाअनुसार उपत्यकामा सञ्चालन गर्ने दुई मार्गमध्ये एउटा रेल विभागले र अर्को लगानी बोर्डले सञ्चालन गर्ने भन्ने उल्लेख थियो ।

लगानी बोर्डले अगाडि बढाउने मार्गको डिपिआर अगाडि बढाउन बोर्डको बैठकले निर्देशन दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

त्यसैगरी बैठकले माथिल्लो कर्णालीको वित्तीय व्यवस्थाका लागि एक वर्ष र अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि छ महिना म्याद थप गर्ने निर्णय गरेको उनले उल्लेख गरे ।

बैठकमा उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा , अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् व्यवस्थापनमा प्रभावकारी काम हुनेः मुख्यमन्त्री राई
विपद् व्यवस्थापनमा प्रभावकारी काम हुनेः मुख्यमन्त्री राई
विश्वकप फुटबल २०१८ : गोल्डेन बुटको दौडमा काे काे ?
विश्वकप फुटबल २०१८ : गोल्डेन बुटको दौडमा काे काे ?
माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !
माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !
जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ
जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
बंगलादेशकी सनी लियोन
बंगलादेशकी सनी लियोन
ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल
ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल
पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल
पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल
मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
Dilip Joshi finally reacts on two minors run away from their home to meet him!
Dilip Joshi finally reacts on two minors run away from their home to meet him!