अबको प्रधानमन्त्री म हो : विश्वप्रकाश शर्मा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
११
|
२१ पटक हेरिएको
Shares
अबको प्रधानमन्त्री म हो : विश्वप्रकाश शर्मा

सारांश

  • कांग्रेसको विकल्प छैन, पहिलो दल हामी नै हुन्छौं’  झापा, २८ कार्तिक ।
  • नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाको उम्मेद्धवार विश्वप्रकाश शर्माले अब कांग्रेसमा युवा नेताहरु नेतृत्वमा आउनुपर्ने बताएका छन् ।
  • उनले भने,‘अबको प्रधानमन्त्री गगन थापा होईन, म हो, किनकी म नेविसंघको अध्यक्ष हुँदा, गगन थापा महामन्त्री थिए ।

कांग्रेसको विकल्प छैन, पहिलो दल हामी नै हुन्छौं’ 
झापा, २८ कार्तिक । नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाको उम्मेद्धवार विश्वप्रकाश शर्माले अब कांग्रेसमा युवा नेताहरु नेतृत्वमा आउनुपर्ने बताएका छन् । उनले भने,‘अबको प्रधानमन्त्री गगन थापा होईन, म हो, किनकी म नेविसंघको अध्यक्ष हुँदा, गगन थापा महामन्त्री थिए ।’

बुधबार झापाको बुधबारेमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावी साक्षात्कारमा बोल्दै नेता शर्माले यस्तो बताएका हुन् । उनले भने,‘अब हाम्रो पार्टी पूराना नेताहरुले विश्राम लिनुपर्छ, उहाँहरुले अब नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ, अब नयाँ पुस्ता नेतृत्वमा आउन ढिलाई गर्न हुँदैन्, यही बहस कम्तिमा एमाले र माओवादीका साथीहरुलेपनि चलाउन सक्नुपर्यो, हामीले त सुरु गरिसक्यौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अब युवा पुस्ता मुलुकको नेतृत्वमा आउन ढिलाई गर्न नहुने धारणा राखेका हुन् ।

पत्रकार ऋषि धमलाको लोकप्रिय कार्यक्रम धमलाको हमलामा कान्छो पुस्ताले अब मुलुकको नेतृत्व लिनुपर्ने भनेर कांग्रेसका युवा नेता गगनकुमार थापाले बोलेको कुरा आफूले पनि सुनेको उल्लेख गर्दै भने,‘उहाँले भनेको कुरा मैले सुनें, उहाँपनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ, म पनि सक्छु, मलाई उहाँले सहयोग गर्नुपर्छ, सक्नुहुन्छ । संसदीय दलको नेता मलाई बनाउनुपर्छ, म नेविसंघको अध्यक्ष हुँदा, गगन थापा महामन्त्री हुनुहुन्थ्यो, म पनि योग्य छु, ४७ वर्षको भएँ । गगन थापाको समर्थन भयो भने म पनि प्रधानमन्त्री बन्न सक्छु नि।’

अबको निर्वाचनमा कांग्रेस ठूलो पार्टी भएर आउने समेत उनको दाबी थियो । उनले भने,‘संविधान जारी कांग्रेसकै नेतृत्वमा भएको हो, मुलुकको विकास पनि कांग्रेसकै नेतृत्वमा हुन्छ, त्यसैले जनताले अबको निर्वाचनमा हाम्रो पार्टीलाई पहिलो बनाउनुहुनेछ।’

आफू झापामा चुनाव हार्दापनि कतिपनि विचलित नभईकन यहाँको क्षेत्रको विकासमा लागिपरेको बताउँदै शर्माले भने,‘अहिलेपनि म काम गरिरहेको छु, यही कर्म भुमिमा घुमिरहें । राम कार्कीलाई यहाँका जनताले टुरिष्ट भन्नुभएको हो, मैले होईन । यो क्षेत्रका जनताको चाहना त विश्वप्रकाशले जित्नुपर्छ भन्ने छ । विकासको एजेण्डा कांग्रेसले बोकेको छ । अब मुलुकमा कांग्रेसको विकल्प छैन ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग आजको दुनियाँकोबारे जानकारी छैन भनेर आरोप लगाउनुभएको छ नि भनेर सोधिएको एक प्रश्नमा शर्माले भने,‘ओलीजीले भनेको कुरामा म टिप्पणी गर्न चाहाँन्न, हिजो सुशिल कोइराला प्रधानमन्त्रीमा उठ्दै गर्दा, ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भनेर बोल्ने मान्छे मै हुँ । म गलतलाइ गलत भन्न सक्ने मान्छे हुँ ।’

उनले संसदीय व्यवस्था भनेको सबै पार्टी मिलेर अघि बढ्ने भएकोले मुलुकको विकासको लागि सबै दहलरु एक ठाउँमा र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले थपे,‘राजनीति सप्रिए देश सप्रिन्छ। त्यसैले गाउँ सफा हुनुपर्छ, देश सप्रिनको लागि कम्तिमा म चाहीँ कांग्रेस सुध्रिनुपर्छ भन्न सक्ने मान्छे हुँ, यही कुरा एमाले र माओवादीका साथीहरुलेपनि भन्न सक्नुपर्यो।’

हिजोको दिनमा विपी कोइराला प्रधानमन्त्री बन्दै गर्दा उनीसँग देश बनाउने प्रशस्तै सपना थियो तर समय नभएको उल्लेख गर्दै उनले थपे,‘अहिले हामीसँग सपना पनि छ, समय पनि छ, त्यसैले अब संसदीय दलको नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेल बन्नुपर्छ भन्ने मलाई लाग्दैन, यही कुरा एमाले र माओवादी केन्द्रमा पनि बहस हुनुपर्यो।’ उनले आफूलाई झापा क्षेत्र नम्बर १ का मतदाताहरुले अत्यधिक मत दिएर विजयी गराउने समेत विश्वास दिलाए ।

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Giddi Habs

    फेरी रबिन कोईराला लाई बोलाईदिउ ? ? ?

    Comment Author

    Rajendra Gaire

    सपनामा त सबेजना पालेपालो प्रधानमन्त्री भए पनि भो

    Comment Author

    Gum Magar

    Khitkhit

    Comment Author

    Tara Bdr Khadka

    barabichara biswaprakash tapailai chunaba jitana garovaisako kasle dela pm

    Comment Author

    Ramesh K. Gautam

    हावा कुरा।

    Comment Author

    जे.पि. शर्मा कडरिया

    एस्पालि काँग्रेसका बिस जनाजति प्रधानमन्त्रि हूनसक्छन् जस्तोछ किनभने चनाबमा जात्नेपनि त्यतिनै हून्छन्।

    Comment Author

    Bimala Das

    Ha. Ha ha ha ha…

    Comment Author

    Rishi Subedi

    Mantri ta congress rajma sabai holan p m pani 8/10 janai po holan jasto chha bai k garni aba

    Comment Author

    Kapil Bhatta

    Ali badi nai vayo ki daju

    Comment Author

    Tanka Sapkota

    hola gasto cha sapana

    Comment Author

    Hemdhoj Thapa

    Sochai sarai thik cha aba purana budha haroo sallakar ma basnu parcha . Aba p m banna chunab jitnu pahilo kura ho jun garo bhaigayo kasaree hune p m . (a ha.aba

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?