भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति
सारांश
- भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
- आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो ।
- घर नजिकै रहेको गाईको ग्वालीबाट गाईवस्तुलाई खोले पकाउने क्रममा सल्केको आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जल्दा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो । घर नजिकै रहेको गाईको ग्वालीबाट गाईवस्तुलाई खोले पकाउने क्रममा सल्केको आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जल्दा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
दक्षिणी क्षेत्रको विकट गाउँमा आगलागी भएकाले आगो नियन्त्रणमा कठिन भएको थियो । आगलागी करिब २ घण्टापछि स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया