अर्घाखाँचीमा भेटिए ४० विदेशी पर्यटक नाङ्गै !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
अर्घाखाँचीमा भेटिए ४० विदेशी पर्यटक नाङ्गै !

सारांश

  • सन्धिखर्क, १६ कात्तिक ।
  • नेपाल घुम्न आएका ४० भन्दा धेरै विदेशी पर्यटकले अर्घाखाँचीमा पुगेर नाङ्गै भएर उछृंखल गतिविधि गरेपछि स्थानीय प्रशासनलाई तनाव भएको छ ।
  •   जिल्लाको शीतगंगा नगरपालिकामा प्रवेश विभिन्न बहानामा नाङ्गिएर उछृंखल गतिविधि गरेपछि स्थानीय प्रशासनले ती विदेशी पर्यटकलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ ।

सन्धिखर्क, १६ कात्तिक । नेपाल घुम्न आएका ४० भन्दा धेरै विदेशी पर्यटकले अर्घाखाँचीमा पुगेर नाङ्गै भएर उछृंखल गतिविधि गरेपछि स्थानीय प्रशासनलाई तनाव भएको छ ।  जिल्लाको शीतगंगा नगरपालिकामा प्रवेश विभिन्न बहानामा नाङ्गिएर उछृंखल गतिविधि गरेपछि स्थानीय प्रशासनले ती विदेशी पर्यटकलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ । शितगंगा नगरपालिका–६ गोवाङ्ग खोला र बुंची खोलाको दोभानमा स्थानीय प्रशासनको अनुमतिबिना प्रवेश गरि टेन्ट टाँगेर बसेका उनीहरुले नाङ्गै भएर नाचगान गर्नुका साथै नुहाएका थिए ।

४० जना पर्यटकको टोली त्यस क्षेत्रमा पसेर नाङ्गिँदै उछृंखल गतिविधि गरेको गुनासो स्थानीयले गरेपछि उनीहरुलाई त्यस क्षेत्रबाट फिर्ता पठाउन प्रहरी नै परिचालन गर्नु परेको छ ।
पर्यटकको टोलीले नग्न अवस्थामा खोलामा नुहाउने, माटो दल्ने, नाङ्गै तस्विर कैद गर्ने जस्ता गतिविधि गरेका थिए । त्यसक्रममा उनीहरुले बिनासूचना र अनुमति टेन्ट नै टाँगेर बसेपछि फिर्ता पठाउन गएरातिदेखि नै प्रहरी परिचालन गरिएको बताईन्छ । त्यसक्रममा विदेशी पर्यटक ल्याउने २ नेपालीलाई प्रहरीले गएराति नै पक्राउ गरि सकेको छ । अर्का एकजनालाई पनि पक्रन प्रहरी परिचालन गरिएको छ । पक्राउ पर्नेमा शालिक ढुङगाना र मोतीराम गैरे रहेका छन् । उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

स्थानीय बुङ्ची खोला बगरमा २५ राष्ट्रका ४० भन्दा बढी नागरिकले उच्छृंखल गतिविधि गरेका थिए ।
शीतगंगा नगरपालिका भित्र पर्ने उक्त क्षेत्रमा विदेशी नागरिकको समुहले बस्ने अनुमति लिन नगरपालिकामा निवेदन दिएपनि नगरपालिकाका नगर प्रमुख सूर्य अधिकारीले सुरक्षा हेर्ने जिल्ला प्रशासनको जिम्मेवारीभन्दै प्रशासन पठाएका थिए । जिल्ला प्रशासनले पनि अनुमति नदिएको प्रजिअ भुसालले बताए । स्थानीयका अनुसार विदेशीहरु २, ३ जनाका दरले जंगलमा प्रवेश गरेका थिए । सर्वनाङ्गागो भएर जथाभावी गर्ने पर्यटकहरु माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?