निर्वाचनमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२८ पटक हेरिएको
Shares
निर्वाचनमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरिने

सारांश

  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरिने भएको छ ।
  • दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै महिला तथा बालबालिका कार्यालयले अनुगमन गर्ने तयारी गरेको महिला तथा बालबालिका कार्यालय ओखलढुंगाका महिला विकास अधिकृत प्रवल श्रेष्ठले जानकारी दिनुभयो ।
  • एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगाको सबै तहमा निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग भए÷नभएको बारेमा अनुगमन टोली परिचालन गरिने तयारी भएको महिला विकास अधिकृत श्रेष्ठले बताउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरिने भएको छ ।

दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै महिला तथा बालबालिका कार्यालयले अनुगमन गर्ने तयारी गरेको महिला तथा बालबालिका कार्यालय ओखलढुंगाका महिला विकास अधिकृत प्रवल श्रेष्ठले जानकारी दिनुभयो ।

एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगाको सबै तहमा निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग भए÷नभएको बारेमा अनुगमन टोली परिचालन गरिने तयारी भएको महिला विकास अधिकृत श्रेष्ठले बताउनुभयो ।

जिल्लामा क्रियाशील राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएकाले सो क्रममा जिल्लामा बालबालिकाको प्रयोग हुनसक्ने भन्दै अनुगमन गर्न लागिएको हो ।

अनुगमनका लागि सिद्धिचरण नगरपालिकामा आमबहादुर कटवाल, सुनकोसी गाउँपालिकामा मनकुमार गुरुङ, मोलुङ गाउँपालिकामा अम्बिका श्रेष्ठ, मानेभञ्ज्याङ गाउँपालिकामा सविना राई, चिशंखुगढी गाउँपालिकामा जानुका कटवाल, खिजिदेम्बा गाउँपालिकामा सरिता तामाङ, लिखु गाउँपालिकामा छत्र खत्री र चम्पादेवी गाउँपालिकामा निर्मला खड्कालाई परिचालन गरिएको महिला विकास अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?