स्वास्थ्य महोत्सव उद्घाटन गर्न ओली र प्रचण्ड झापा जाने ।
सारांश
- झापा, मंसिर १ – चुनावको केही साताअघि एउटा अस्पतालले आयोजना गर्ने स्वास्थ्य महोत्सव उद्घाटन गर्न एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड झापा आउँदैछन् ।
- दुबै पूर्व प्रधानमन्त्रीले झापाको विर्तामोड स्थीत वि एण्ड सी अस्पतालले आयोजना गर्ने पाँचदिने स्वास्थ्य महोत्सवको भोलि शनिबार उद्घाटन गर्दैछन् ।
- अस्पतालले दैनिक झण्डै एकहजार पाँचसय विरामीको वहिरंग शाखामा निशुल्क जाँच गरिने र सो कार्यमा एकसय २५ जना चिकित्सक सहितको अस्पतालको टोली खटिने अस्पतालले जनाएको छ ।
झापा, मंसिर १ – चुनावको केही साताअघि एउटा अस्पतालले आयोजना गर्ने स्वास्थ्य महोत्सव उद्घाटन गर्न एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड झापा आउँदैछन् ।
दुबै पूर्व प्रधानमन्त्रीले झापाको विर्तामोड स्थीत वि एण्ड सी अस्पतालले आयोजना गर्ने पाँचदिने स्वास्थ्य महोत्सवको भोलि शनिबार उद्घाटन गर्दैछन् ।
अस्पतालले दैनिक झण्डै एकहजार पाँचसय विरामीको वहिरंग शाखामा निशुल्क जाँच गरिने र सो कार्यमा एकसय २५ जना चिकित्सक सहितको अस्पतालको टोली खटिने अस्पतालले जनाएको छ ।
त्यसपछि दिँउसो ओली र प्रचण्ड पश्चिम झापाको दमकमा एउटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड एकदिन र ओली ४ मंसिरसम्म झापामै रहने वाम गठबन्धनको झापा जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया