प्रचण्ड सरकारको औचित्य सकियो :एमाले उपाध्यक्ष रावल

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २९, २०७३
|
|
४९६ पटक हेरिएको
Shares
प्रचण्ड सरकारको औचित्य सकियो :एमाले उपाध्यक्ष रावल

सारांश

  • २९ माघ ,हेटौडा, यो सरकारको तीन कार्यभार थियो पहिलो संबिधान कार्यानबयन, दोश्रो माघ ७ गते भित्र तीनै तहको निर्वाचन गर्ने र तेस्रो जनताको शान्ति र अमयनचयन यो तीनै कुरामा असफल भएकोले अब नैतिक हिसाबले प्रधानमन्त्री पुष्पकमल दहालले सत्ता छोडनु पर्नेछ।
  • युबा संघले हेटौडामा आयोजना गरेको बृहत भेलामा प्रमुख अतिथिका रुपमा आएका पुर्ब रक्षा,गृह र उप प्रधानमन्त्री भिम रावलले उक्त कुरा बताएका हुन।
  • अहिले प्रचण्ड जी संबिधान संसोधन मार्फत सर्बस्विकार्य बनाउने बहाना बनाएर सत्ता लम्बाउन चाहेका छन।

२९ माघ ,हेटौडा,

यो सरकारको तीन कार्यभार थियो पहिलो संबिधान कार्यानबयन, दोश्रो माघ ७ गते भित्र तीनै तहको निर्वाचन गर्ने र तेस्रो जनताको शान्ति र अमयनचयन यो तीनै कुरामा असफल भएकोले अब नैतिक हिसाबले प्रधानमन्त्री पुष्पकमल दहालले सत्ता छोडनु पर्नेछ। युबा संघले हेटौडामा आयोजना गरेको बृहत भेलामा प्रमुख अतिथिका रुपमा आएका पुर्ब रक्षा,गृह र उप प्रधानमन्त्री भिम रावलले उक्त कुरा बताएका हुन। अहिले प्रचण्ड जी संबिधान संसोधन मार्फत सर्बस्विकार्य बनाउने बहाना बनाएर सत्ता लम्बाउन चाहेका छन।

मित्र राष्ट्र भारतले आफ्नो संविधान ६५ प्रतिशत सभासदबाट अनुमोदन गराउंँछ अनि ९० प्रतिशत सभासदले अनुमोदन गरेको संबिधानमाथी प्रश्न उठाउछ। दुई चार जना मधेसी कार्यकर्ता मैत्री पुलमा भेला गराएर नेपालमा नाकाबन्दी गर्ने भारत नेपालको मित्र हो कि,के हो? भारतको नागरिकता लिएका केही नेताले मदेशलाई पहाडबाट छुट्टाएर राज गर्ने सपना नदेखे हुन्छ रावलले चुनौती दिए। नेपाली कांग्रेसले पटक पटक सत्ता प्राप्त गरेपनी जनतामा आशा जगाउन नसकेको बताए। कांग्रेसको पछिल्लो गतिबिधी राष्ट्रियहित बिरोधि र भारत पक्षधर रहेको र दिशाहिन र गतिहिन रहेको बताए। पार्टीमा लाइन परिबर्तन गर्ने संकेत एमाले उपाध्यक्ष समेत रहेका रावलले आगामी दशौ महाधिवेशनमा केपी ओली लाईनमा लाग्ने संकेत गरेका छन।

तपाईंहरु कुनै नेताको पछिलागेर गुटबन्दी नगर्नुस।के बिश्वास तपाईंले समातेको नेता अर्को महाधिवेशनमा लाईन परिबर्तन गरेर अन्त नलाग्ला। कम्युनिष्ट पार्टी भित्र महाधिवेशनको नीति र नेतृत्व स्विकार्दै पार्टीका आधिकारिक निर्णय बोकेर हिड्नुस तेस्ले नै पार्टी एकताबद्ध र बलियो बनाउछ। पार्टीको १० बुँदे नियमावलीको मर्म यही नै हो। यो भन्दा फरक कसैले गुटको भेला बैठक गर्छ भने बहिष्कार गर्नुस। रावलले बताए ९ औ महाधिवेशनमा माधब नेपालको खास भनेर चिनिएका भिम रावल पछिल्लो समय केपी ओली संग निकट देखिएका छन। ४३५ ले गरे एमाले प्रबेश कार्यक्रममा नायक बिरेन डिसी,शुभराज बमजन,अनिल काफ्ले, शान्त लामा, संजय महर्जन लगाएन ४३५ जना ब्यक्तिहरु कांग्रेस, राप्रपा,माओबादी र संघिय समाजबादी छाडेर एमाले प्रबेश गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना परीक्षण गराउँदा परिचयपत्र अनिवार्य
एमाले-माओवादी सीट बाँडफाँटः कुन प्रदेशमा कति ?
एमाले-माओवादी सीट बाँडफाँटः कुन प्रदेशमा कति ?
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
विदेशमन्त्री सुष्माको जवाफ : नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने
विदेशमन्त्री सुष्माको जवाफ : नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने
२ वर्षका बालकको टाउको खेल्दाखेल्दै गाग्रीमा अड्किएपछि…
२ वर्षका बालकको टाउको खेल्दाखेल्दै गाग्रीमा अड्किएपछि…
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
प्रम ओली र प्रचण्ड बीच किन चर्काचर्की ?
प्रम ओली र प्रचण्ड बीच किन चर्काचर्की ?
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह
हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह
१०७ वर्षीया महिलाले गरिन् मतदान
१०७ वर्षीया महिलाले गरिन् मतदान

तपाईंले छुटाउनुभयो कि?