काठमाडौं ५ को (क) मा जनताको मन जित्दै साझा बिवेकशिलका उम्मेदवार रामहरि अधिकारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
५४ पटक हेरिएको
Shares
काठमाडौं ५ को (क) मा जनताको मन जित्दै साझा बिवेकशिलका उम्मेदवार रामहरि अधिकारी

सारांश

  • काठमाडौं ।
  • साझा बिवेकशिल पार्टीबाट काठमाडौं क्षेत्र नं ५ को (क) बाट प्रदेश सभाका लागि उम्मेदवार बनेका उद्यामशिल तथा समाजसेवी रामहरि अधिकारीको पक्षमा चुनावी माहोल जुट्दै गएको छ ।
  • लामो समय देखि सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल अधिकारीले आम जनताको दैनिकसँग जोडिएका समस्याहरुलाई चुनावी एजेन्डा बनाएर प्रचार–प्रसारमा होमिएपछि उनले जनताको मनजित्न सफल भएका हुन ।

काठमाडौं । साझा बिवेकशिल पार्टीबाट काठमाडौं क्षेत्र नं ५ को (क) बाट प्रदेश सभाका लागि उम्मेदवार बनेका उद्यामशिल तथा समाजसेवी रामहरि अधिकारीको पक्षमा चुनावी माहोल जुट्दै गएको छ । लामो समय देखि सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल अधिकारीले आम जनताको दैनिकसँग जोडिएका समस्याहरुलाई चुनावी एजेन्डा बनाएर प्रचार–प्रसारमा होमिएपछि उनले जनताको मनजित्न सफल भएका हुन । उनको चुनावी एजेन्डामा टोलको फोहोर व्यवस्थापन देखि मेलम्चीको खानेपानीलाई समूचित वितरणका लागि पहल गर्ने सम्मको योजना समावेश छन् ।

महानगरपालिकासँग समन्वय गरि ५ नम्बर क्षेत्रमा रहेका खुल्ला जग्गाको संरक्षण गर्ने, बच्चाहरुको लागि चिल्ड्रेन पार्कको निर्माण, बृद्धबृद्धाहरुको लागि घुमफिर गर्ने सामुदायिक स्थल तथा उपचारको निशुल्क व्यवस्था गर्ने, टोलमा सोलार बत्ति जडान गर्ने, समाजको सुरक्षाको लागी आवश्यकता हेरि साइरन र सिसिटिभि क्यामेरा जडान र सेक्यूरिटिगार्डको व्यवस्था गर्ने उनको चुनावी घोषणा पत्रमा उल्लेख गरेका छन् ।

टोल, समाजलाइ सधै सफा र हराभरा बनाउन स्थानीय फोहोर मैलालाइ स्थानीय रुपमा व्यवस्थापन गरि, त्यसबाट उठेको रकमबाट सडक दैनिक रुपमा सफा र डस्बिनको व्यवस्था गर्ने, खुल्ला निजि जग्गालाइ वाल कम्पाउण्ड लगाई सबै एरिया भित्र एउटै कलर लगाई सामाजिक जन चेतना मुलक संदेशहरु राखी टोल समाज मठमन्दिरलाइ सुन्दर बनाउने, ठाउँ–ठाउँमा वृक्षरोपण गरि हराभरा बनाइ नमुना सहर बनाउने, भत्केको सडक र ढलको उचित व्यवस्थापन गर्ने, आसपासमा रहेको सुकुम्बासीहरुको उचित व्यवस्थापन गर्दै खुल्ला जग्गाहहरुलाइ सदुपयोग गर्ने मेलम्चीबाट ल्याएको पानीको समूचित वितरण गर्ने उनले अर्को चुनावी एजेन्डाको रुपमा रहेको छ ।

विगत लामो समय देखि समाजसेवामा सक्रिय अधिकारीले बृद्ध आश्रम, असहाय, अपाङ्गहरुलाई विशेष सहयोग गर्दै आएका छन् । यसका साथै २०७२ सालमा गएको महाभूकम्प पछि राहत र उद्धारमा समेत उल्लेखनिय सहयोग समेत गरेका थिए ।

हाल उनि गौरा–पार्वती समुदायिक आस्पतालको प्रमुख सल्लाहकार, रसुवा नुवाकोट पर्यटन समाजको सल्लाहकार, पशुपतिनाथ (बागमती गंगा आरति सेवा)समितिको सहयोगी सदस्य, विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका आजीवन सदस्य र रारा समाज, धुम्बाराहीका अध्यक्षको रुपमा समेत कार्यरत छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Achuyt Adhikari

    Ramhariji agrim suvkamana

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?