राष्ट्रपति भण्डारीपछि देउवा, ओली र नेपाल दाहाल निवासमा
सारांश
- काठमाडौं, ४ मंसिर ।
- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुत्रशोकमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाट पुगेका छन्।
- उनीहरुको साथमा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि लाजिम्पाटमा पुगेका थिए।
काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुत्रशोकमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाट पुगेका छन्। उनीहरुको साथमा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि लाजिम्पाटमा पुगेका थिए।
चुनाव प्रचारको क्रममा रहेका दुवै नेता विमानस्थलबाटै दाहाल निवास लाजिम्पाट पुगेका हुन्। दुवैले प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशले एउटा सच्चा छोरा गुमाएको बताएका थिए। दाहाल परिवारमा परेको दु:खप्रति समावेदना व्यक्त गरेका थिए।
चुनाव प्रचारको क्रममा गृह जिल्ला डडेल्धुरा पुगेका देउवा र चुनावीसभालाई सम्बोधन गर्न पूर्व नेपालमा रहेका ओली सोमबार बिराटनगरबाट राजधानी फिरेका हुन्।

यसअघि सोमबार बिहान राष्ट्रपति विद्या भण्डारी दाहाल निवास पुगेर प्रकाशप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। प्रकाशको आइतबार सुतिरहेको अवस्था अकस्मिक हृयदघातको कारण मृत्यु भएको थियो।
प्रतिक्रिया