माधव नेपाल घरदैलो र मतदाता भेटघाट मा व्यस्थ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
माधव नेपाल घरदैलो र मतदाता भेटघाट मा व्यस्थ

सारांश

  • काठमाडौं : प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंमा वाम गठबन्धनका उम्मेदवारहरु च्ुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन् ।
  • आ–आफ्ना क्षेत्रका विकास निर्माण, वडा र टोलका विविध समस्या समाधान गर्ने एजेण्डा र प्रतिबद्धतासहित वाम गठबन्धनका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केिन्द्रत भएका हुन् ।
  • दशओटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु बिहानैदेखि घरदैलोमा सक्रिय भएका छन् ।

काठमाडौं : प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंमा वाम गठबन्धनका उम्मेदवारहरु च्ुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन् । आ–आफ्ना क्षेत्रका विकास निर्माण, वडा र टोलका विविध समस्या समाधान गर्ने एजेण्डा र प्रतिबद्धतासहित वाम गठबन्धनका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केिन्द्रत भएका हुन् । दशओटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु बिहानैदेखि घरदैलोमा सक्रिय भएका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं–२ नम्बर क्षेत्रस्थित कोटेश्वरको महादेवस्थानबाट तिनकुने सुविधानगरसम्म घरदैलो र मतदाता भेटघाट गरेका छन् । सेतीओपीमार्ग कोटेश्वर चोकहुँदै घरदैलो सुविधानगरमा पुगेर सम्पन्न भएको थियो । वरिष्ठ नेता नेपालसँगै प्रदेशसभा ‘क’का उम्मेदवार सानुकुमार श्रेष्ठ पनि सहभागी भएका थिए । पूर्वप्रधानमन्त्री नेपाललाई घर–घरबाट मतदाताहरुले सडकमा ओर्लिएर स्वागत गरेका थिए । । कतिपय वृद्ध–वृद्धाले नेपाललाई मुलुकको नेतृत्व गर्नका लागि शुभकामनासमेत दिएका थिए ।
घरदैलोमा उनले मतदाहरुमाँझ आफ्ना भावी योजनाका बारेमा अवगत गराएका थिए । आफू ३४ वर्षदेखि कोटेश्वरकै स्थानीयबासी भएका कारण स्थानीय समस्याबारे जानकार भएकाले आगामी दिनमा समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गरे । दुई नम्बर क्षेत्रमा भएको विकास निर्माणको हरेक काममा आफ्नो संलग्नता रहेको भन्दै उनले आगामी दिनमा पनि स्थानीय स्तरमा देखिएका हरेक समस्या समाधानको अगुवाई गर्ने पनि बताए ।

त्यस्तै, महासचिव ईश्वर पोखरेलले पनि निर्वाचन नजिजिएसँगै घरदैलो कार्यक्रमलाई बढाउँदै लगेका छन् । पोखरेलले सोमबार बिहान पाँच नम्बर क्षेत्रका मतदातासँग भेटघाट गरेका थिए । उनले सोमबार अन्नपूर्णमार्गका उपभोक्ता समितिसँग सुकेधारामा भेटघाट र छलफल गरेका थिए । समितिसँगको भेटघाट सकिएलगत्तै पोखरेल काठमाडौं चण्डोलमा घरदैलो कार्यक्रममा सहभागी भए ।

उनले घरदैलो कार्यक्रमका क्रममा स्थानीय स्तरमा हुने विविध विकास निर्माणको काममा आफूले जिम्मा लिने प्रतिबद्वता जनाए । पाँच नम्बर क्षेत्रको विकास निर्माण गर्नु, उक्त क्षेत्रलाई सम्बृद्व बनाउनु एक मात्र उद्देश्य भएको भन्दै आफ्नो उद्देश्य पूरा गर्न स्थानीय मतदाताको सहयोगको अपेक्षा गरेको उनको भनाई थियो । ‘यो क्षेत्रमा विकास निर्माणका काम के के भएका छन्, हुनुपर्ने के के छ, त्यसका बारेमा म जानकार छु, यहाँको समस्याको बारेमा पनि म जानकार छु, त्यसैले तपाईहरुले भोग्दै आएको समस्या समाधान गर्ने अवसर दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु’ उनले भने ।
त्यस्तै क्षेत्र नं ४ मा वाम गठबन्धनकातर्फबाट एमालेका उम्मेदवार डा. राजन भट्टराईले पनि चुनाबी अभियान तथा घर दैलोलाई तिब्रता दिनुभएको छ । भट्टराईले सोमबार बिहान बुढानिलकण्ठ नगरपालिका वडा नं–१० को बालुवाखानी, लसुनटार र जोरधाराका मतदातासगं भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरे ।

भेटघाटका क्रममा नेता भट्टराईले बुढानिलकण्ठ नगरपालिकाको घोषणा पत्र नै आफ्नो घोषणापत्र भएको बताउदै घोषणपत्र बमोजिम यो क्षेत्रको समृद्धि र बिकासका लागि लागी पर्ने बताए । उनले भने, यो क्षेत्रको बिकासका काममा जनप्रनिधि भएर काम गर्नेछु, ,अमुल्य मत दिएर सेवा गर्ने अवसर प्रदान गनुहुनेछ भन्नेमा बिश्वस्त छु ।’
त्यस्तै, क्षेत्र नं ९ का उम्मेदवार एमाले नेता कृष्ण गोपाल श्रेष्ठले पनि चुनाब प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । सोमबार बिहान प्रदेश सभा (क) उम्मेदवार डा. अजय क्रान्ती शाक्य सहितको टोलीले बल्खु लगायत वडा नं १२, २१ र २२ मा घर दैलो कार्यक्रम सम्पन्न गरे । साथै, सोमबार दिउसो दहचोक र भिमढुगांका बिभिन्न स्थानमा कोठेभेला , घरदैलो र भेटघाट कार्यक्रम गरे ।

काठमाण्डौ क्षेत्र नं ८ का एमाले नेता जिबनराम श्रेष्ठले पनि चुनाबी प्रचार प्रसार ,भेटघाट तथा घरदैलोलाई अगाडी बढाएका छन् । नेता श्रेष्ठले सोमबार बिहान प्रदेश सभा (क)का उम्मेदवार राजेश शाक्य सहितले वडा नं १९ को मरुहिटी ,गणेश मन्दिर ,चसान लगायतका स्थानमा घर दैलो सम्पन्न गर्नुभएको छ ।
घरदैलोका क्रममा स्थानीयको उल्लेख्य सहभागीता रहको थियो । नेता श्रेष्ठले आफु यहि स्थानमा जन्म,पढी बढी हुर्केकाले यो स्थानको माया साथै यो स्थानका समस्याका बिषयमा आफु जानकार भएको बताए । एकपटक मौका दिनुहोस यो ठाउको मुहार फेर्छु , उनले भने ।

नेता श्रेष्ठको सोमबार साँझ ३ बजेदेखि पुन घरदैलो कार्यक्रम रहेको छ । त्यो समयमा उहाँले डल्लुआभास ,भिमसेन लगायतका स्थानमा कोठेभेला,टोलभेला गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, काठमाडौं क्षेत्र नम्बर १, ३, ६ र १० मा पनि वाम गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shyam Shubham Giri

    बूडा लाई खडग वली समूह ले नै हराऊछ यसपाली

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशकले दिए राजीनामा
ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशकले दिए राजीनामा
लायन्स क्लबद्वारा सिन्धुपाल्चोक बाढी पीडितलाई राहत वितरण
सर्वाधिक चर्चामा रहेकि एमालेकी २२ बर्षिया उपमेयर शिवकुमारी थारुको शानदार जित….
सर्वाधिक चर्चामा रहेकि एमालेकी २२ बर्षिया उपमेयर शिवकुमारी थारुको शानदार जित….
कोर मधेस’का मतदाता भन्छन् – यहाँ कि एमाले छ कि कांग्रेस
कोर मधेस’का मतदाता भन्छन् – यहाँ कि एमाले छ कि कांग्रेस
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो
इस्लामिक स्टेटले नियन्त्रण गरेको भूभागलाई चाँडै पूर्ण रुपमा मुक्त गर्ने ट्रम्पकाे दाबी
इस्लामिक स्टेटले नियन्त्रण गरेको भूभागलाई चाँडै पूर्ण रुपमा मुक्त गर्ने ट्रम्पकाे दाबी
लहानमा कांग्रेससँग संघीय समाजवादी फोरमले ८ मतले हारेपछि तनाव
लहानमा कांग्रेससँग संघीय समाजवादी फोरमले ८ मतले हारेपछि तनाव
४ मिनेट ढिला परीक्षा केन्द्र पुग्दा छात्रले गरे आत्महत्या !
४ मिनेट ढिला परीक्षा केन्द्र पुग्दा छात्रले गरे आत्महत्या !
माघ २ गते शुक्रवारको राशिफल यस्तो छ
माघ २ गते शुक्रवारको राशिफल यस्तो छ
मृतकका परिवारलाई २ लाख, प्रधानमन्त्री रौतहट र सप्तरी जाने
मृतकका परिवारलाई २ लाख, प्रधानमन्त्री रौतहट र सप्तरी जाने

तपाईंले छुटाउनुभयो कि?