गुण्डा नाइकेहरु सलबलाएपछि पूर्व–पिएलएहरुको टोली परिचालन

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
|
५२ पटक हेरिएको
Shares
गुण्डा नाइकेहरु सलबलाएपछि पूर्व–पिएलएहरुको टोली परिचालन

सारांश

  • गोरखा ।
  • निर्वाचनमा, गोरखा जिल्ला सदैव चर्चाको विषय बन्ने गरेको छ ।
  • चाहे त्यो पहिलो संविधान सभाको चुनाव होस् या अस्ति भर्खर सम्पन्न भएको स्थानीय तहको चुनाव ।

गोरखा । निर्वाचनमा, गोरखा जिल्ला सदैव चर्चाको विषय बन्ने गरेको छ । चाहे त्यो पहिलो संविधान सभाको चुनाव होस् या अस्ति भर्खर सम्पन्न भएको स्थानीय तहको चुनाव ।

यसपाली अलिकति फरक ढंगले गोरखा जिल्ला फेरी चर्चाको शिखरमा छ । त्यसभित्र पनि गोरखा क्षनेत्र नम्बर २ अहिले विशेष चर्चामा छ । किनभने क्षेत्र नम्बर २ मा बाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार डा. बाबुराम भट्टराईबीचको प्रतिष्ठाको लडाईं जोडिएको छ ।

डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ दुवै तत्कालिन एकीकृत नेकपा माओवादीमा उपाध्यक्ष थिए । र, भट्टराईकै कारण आफ्नै गृहजिल्ला भएपनि श्रेष्ठले गोरखाबाट चुनाव लड्न पाएका थिएनन् ।

यी दुई बीचको प्रतिष्ठाको लडाईंमा जसले बाजी मार्छ उसैले मात्र आफ्नो राजनीतिक भविष्य उज्जवल र सुरक्षित बनाउन सक्छ भन्ने कुराको विश्लेषण हामीले धेरै गर्न नपर्ला ? तर, यी दुई उम्मेदवारले आफ्नो प्रतिष्ठाको लडाईंमा विजयी हासिल गर्न अहिले लिइरहेको नीति र हत्कण्डाको सबै मतदाताहरुले र शुभचिन्तकहरुले निकै ध्यानदृष्टिका साथ हेरिरहेका छन् ।

अवसरवादमा डुब्दै आफ्नो राजनीति जोगाउन लागेका भट्टराई र निष्ठा र नैतिकताको राजनीति गर्ने श्रेष्ठबीचको मात्रै यो लडाईं होइन् । अब यो लडाईं एकातिर केपी ओली र प्रचण्ड र अर्कोतिर रामचन्द्र पौडेल र शशांक कोइरालाबीचको प्रतिष्ठाको लडाईं पनि हो ।

हामीले सुक्ष्म रुपमा अध्ययन गर्दा अहिले गोरखामा पहिलो संविधानसभाको चुनाव जस्तो झझल्को दिने गरी यो चुनावको तयारी भइराखेको छ । मुखले एकथोक भट्याउने र व्यवहारले अर्कोथोक गर्ने भट्टराई अहिले जनताको मतले होइन केही भाडाका गुण्डा नाइकेका मद्दतले बुथ कब्जा गरी चुनाव जित्ने रणनीतिमा छन् ।

केही दिनयता काठमाडौंमा गुण्डा नाइके भनेर चिनिनेहरु अहिले छ्यापछ्याप्ती गोरखामा भेटिन्छन् । त्यसैले पनि होला अहिले पूर्व–जनमुक्ति सेनाहरु जनताको मत जनताले नै हाल्नुपर्छ र, गुण्डा नाइकेहरुलाई बुथ कब्जा गर्न नदिने रणनीतिका साथ अघि बढिरहेका छन् ।

नारायणकाजी श्रेष्ठले जनताको मत जनताले नै हाल्ने व्यवस्था मिलाउन र आवेगमा नआउन हामी पूर्व–जनमुक्ति सेनाको टिमलाई प्रशिक्षण दिएको कुरा उक्त कार्यक्रका संयोजन गरेका राम्जी थापामगरले बताए ।

काठमाडौंबाट भाडामा लगिएका ति गुण्डाहरुलाई नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीले लाखौं रुपैयाँ पैसा खर्च गरेको थापामगरले बताए । नाम नबताउने सर्तमा एक माओवादी कार्यकर्ताका अनुसार ति गुण्डाहरुले रक्सी खाएर ठाउँ–ठाउँमा मान्छेलाई थर्काउने, पिट्ने समेत गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sushil Shrestha

    O nepal.

    Comment Author

    Krishna Chettri

    Gud job

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?