उद्योगमन्त्री थापालाई लक्षित गर्दै धनकुटामा बम विष्फोट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
उद्योगमन्त्री थापालाई लक्षित गर्दै धनकुटामा बम विष्फोट

सारांश

  • मंसिर, ८ काठमाडौं।
  • उद्योग मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको धनकुटाबाट प्रतिनिधिसभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा शुक्रबार विष्फोट गराईएको छ ।
  • धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समुहले विहान साँढे ७ बजेतिर विष्फोट गराएको हो।

मंसिर, ८ काठमाडौं। उद्योग मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको धनकुटाबाट प्रतिनिधिसभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा शुक्रबार विष्फोट गराईएको छ ।

धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समुहले विहान साँढे ७ बजेतिर विष्फोट गराएको हो। प्रहरीले विष्फोट भएको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ। घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको बताइएको छ । राप्रपा प्रजातान्त्रिकका महामन्त्री समेत रहेका थापा चुनावीको आन्तरिक तयारीका लागि साप्तिङटार जादै थिए ।

मन्त्री चढेको गाडीलाई लक्षित गरेको भए पनि मन्त्री सवार गाडी घटनास्थलबाट करिब २ सय मिटर अगाडी बढिसकेकाले कुनै क्षति नभएको स्थानीयले बताएका छन् ।

(newsroompost.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?