पर्वतमा शिक्षक पक्राउ सार्वजनिक अपराधमा मुद्दा चलाइने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
पर्वतमा शिक्षक पक्राउ सार्वजनिक अपराधमा मुद्दा चलाइने

सारांश

  • पर्वत, ८ मंसिर जलजला गाउँपालिका–३ माझफाँटस्थित जनजागृति प्राविका शिक्षक धनञ्जय मल्ललाई गएराति प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको  छ ।
  • शिक्षक धनञ्जयका भाइ शंकरजय मल्लका अनुसार मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’ निकट शिक्षक संगठनमा आबद्ध भएको र आसन्न चुनावलाई असर पार्ने भन्दै गाउँबाट गिरफ्तार गरिएको बताएको छ ।
  • यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरे पक्राउ परेका मल्ललाई केही सार्वजनिक अपराधमा मुद्दा चलाइने बताउनुभयो ।

पर्वत, ८ मंसिर
जलजला गाउँपालिका–३ माझफाँटस्थित जनजागृति प्राविका शिक्षक धनञ्जय मल्ललाई गएराति प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको  छ ।

शिक्षक धनञ्जयका भाइ शंकरजय मल्लका अनुसार मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’ निकट शिक्षक संगठनमा आबद्ध भएको र आसन्न चुनावलाई असर पार्ने भन्दै गाउँबाट गिरफ्तार गरिएको बताएको छ ।

यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरे पक्राउ परेका मल्ललाई केही सार्वजनिक अपराधमा मुद्दा चलाइने बताउनुभयो । उहाँका अनुसार आगामी निर्वाचनमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन केही शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने क्रममा मल्ललाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?