तीज आयो, यो गीत गाउनुस् र सिक्नुस् गीतबाटै ह्रस्व र दीर्घ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
तीज आयो, यो गीत गाउनुस् र सिक्नुस् गीतबाटै ह्रस्व र दीर्घ

सारांश

  • काठमाडौं, २० भदौ ।
  • सबैलाई बोझिलो लाग्ने तर नभएर नहुने !
  • प्रायः नेपालीहरुको आफ्नै मातृभाषाको लेखनचाहिँ अशुद्ध हुन्छ ।

काठमाडौं, २० भदौ । सबैलाई बोझिलो लाग्ने तर नभएर नहुने ! प्रायः नेपालीहरुको आफ्नै मातृभाषाको लेखनचाहिँ अशुद्ध हुन्छ ।

तपाईं पनि त्यस्तै समस्यामा हुनुहुन्छ ? हो भने अब चिन्ता नलिनुस् । तीजको मौसम छ, तीज गीतको भाकामा एउटा अत्यन्तै ज्ञानवद्र्धक गीत आएको छ । त्यही गीत बजाउनुस्, मज्जाले नाच्नुस् र नाचसँगै सजिलै पारामा ह्रस्व तथा दीर्घ कसरी लेख्ने भनेर पनि सिक्नुस् ।

नेपाली व्याकरणमा ह्रस्व र दीर्घका नियमको एकदमै महत्व छ । महत्व भएर के गर्नु ? अधिकांश मान्छेहरु ह्रस्व र दीर्घमा झुक्किने गर्छन् । यहींनेर “नेपाली व्याकरण” बोलको गीत आएको छ । यो धेरैका लागि अत्यन्त उपयोगी हुने मानिएको छ र सामाजिक सञ्जालहरुमा भाइरल पनि बन्दै गएको छ ।

‘नेपाली व्याकरण’ शीर्षकको यो गीत नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेका हुन् । एआइए स्कूल शंखमुलका प्रबन्ध निर्देशक समेत रहेका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको छ ।

प्राथमिकदेखि उच्च शिक्षा अध्ययन गरिरहेकाहरुलाई मात्र होइन दैनन्दिन लेखापढी गर्नेहरुलाई पनि यो उपयोगी छ । उपयोगी यो गीतलाई तीजको भाकामा तयार गरिएको छ । भिडियोको छायांकन स्कुल परिसरमै गरिएको छ ।

हेर्नुहोस् र सिक्नुहोस् ह्रस्व अनि दीर्घ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिदेशमा पढ्न र घुम्न गएकाहरुले पाँच महिनामा लगे एक खर्ब तेइस अर्ब
बिदेशमा पढ्न र घुम्न गएकाहरुले पाँच महिनामा लगे एक खर्ब तेइस अर्ब
साझेदारीमा बिजनेस नगर्नुस्-अलिबाबा का ceo ज्याक मा
साझेदारीमा बिजनेस नगर्नुस्-अलिबाबा का ceo ज्याक मा
चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित
चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
सेयर बजार परिसूचक १०१ ले बढ्यो
सेयर बजार परिसूचक १०१ ले बढ्यो
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री  महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
रौतहट प्रिमियर लिग क्रिकेट (अारपिएल) असोज ११ देखि सुरु हुने !
रौतहट प्रिमियर लिग क्रिकेट (अारपिएल) असोज ११ देखि सुरु हुने !
यस्तो छ कास्कीका उम्मेदवारको मतदाता फकाउने काइदा
यस्तो छ कास्कीका उम्मेदवारको मतदाता फकाउने काइदा
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा एमाले विजयी
तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा एमाले विजयी

तपाईंले छुटाउनुभयो कि?