उम्मेदवार चढेको गाडीलाई लक्षित गरेर नवलपरासीमा बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
उम्मेदवार चढेको गाडीलाई लक्षित गरेर नवलपरासीमा बम विस्फोट

सारांश

  • ९ मंसिर, नवलपरासी ।
  • नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, गोजापोखरीमा चुनावी प्रचारको लागि हिँडेको गाडीलाई लक्षित गरी वम प्रहार गरिएको छ ।
  • नेपाली कांग्रेस नवलपरासीका सभापति एवं नवलपुर क्षेत्र नंं २ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार विष्णु लामिछानेको टोली चुनावी प्रचारका लागि पहाड उक्लँदै गरेको अवस्थामा बम विस्फोट गराइएको हो ।

९ मंसिर, नवलपरासी । नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, गोजापोखरीमा चुनावी प्रचारको लागि हिँडेको गाडीलाई लक्षित गरी वम प्रहार गरिएको छ ।

नेपाली कांग्रेस नवलपरासीका सभापति एवं नवलपुर क्षेत्र नंं २ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार विष्णु लामिछानेको टोली चुनावी प्रचारका लागि पहाड उक्लँदै गरेको अवस्थामा बम विस्फोट गराइएको हो ।

विस्फोटबाट कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

लामिछानेको टोली ३ वटा जिपमा पहाड उक्लिएको थियो । तीमध्ये ग १ ज ५६०० नम्बरको गाडीलाई लक्षित गरी वम प्रहार गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?