चर्चित अनुहार जसको हारजितले राष्ट्रिय राजनीति तरङ्गित हुने छ !

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
३८ पटक हेरिएको
Shares
चर्चित अनुहार जसको हारजितले राष्ट्रिय राजनीति तरङ्गित हुने छ !

सारांश

  • १० मंसिर, काठमाण्डौ ।
  • पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी चर्चा गोर्खा क्षेत्र नम्बर २ को छ जहाँ एमालेको समर्थनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराई प्रतिस्पर्धामा छन् ।

१० मंसिर, काठमाण्डौ । पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी चर्चा गोर्खा क्षेत्र नम्बर २ को छ जहाँ एमालेको समर्थनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रतिस्पर्धामा छन् ।

पूर्व सहकर्मीसमेत रहेका र यसपटक अलल–अलग पार्टीबाट चुनाव लडेका उनीहरुमध्ये कसलाई गोर्खा २ का मतदाताले चुन्छन् व्यग्र चासोको विषय बनेको छ ।
घोषित रुपमा नै गठबन्धनको अभ्यासमा पहिलो पटक हुन लागेको निर्वाचनमा केही क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको हो । गठबन्धनको मत, उम्मेदवारको व्यक्तित्व र केही टकरावका कारण पनि ती क्षेत्रको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।

चुनाव प्रचारका क्रममा एक अर्काप्रति भएका तीखा टिप्पणीका कारण समेत गोरखा २ नम्बर क्षेत्र चर्चामा छ ।
यस्तै, बाहलवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र पूर्व सञ्चारमन्त्री अग्नि सापकोटाको चुनावी क्षेत्र सिन्धुपाल्चोक १ को प्रतिस्पर्धा पनि रोमाञ्चक हुने आँकलन गरिएको छ । प्रचारका दौरान दुई उम्मेदवारले एक अर्कालाई लगाएका आरोप पनि निकै चर्चामा छन् ।

सापकोटा पूर्वसूचना तथा सञ्चारमन्त्री हुन् भने बस्नेत बहालवाला । उनीहरुमध्ये कसले चुनाव जित्ला भनेर चासो व्याप्त छ । यद्यपि उम्मेदवारहरुले आ–आफ्नो जीत सुनिश्चित भएको दावी गर्दै आएका छन् ।

यस्तै सिन्धुपाल्चोक २ मा वाम उम्मेदवार शेरबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक) का पशुपति शमशेर राणाबीचको प्रतिस्पर्धालाई पनि रोचक मानिएको छ । संविधानसभा सदस्यमा दुई पटक सोही क्षेत्रबाट पराजित राणा जितको खोजीमा छन् । तामाङ सो क्षेत्रमा लगातार दोस्रो जितको खोजीमा छन् ।

ओखलढुङ्गाको प्रतिस्पर्धा पनि चर्चामा छ । संविधानसभा सदस्यका रुपमा संसदमा खेलेको भूमिकाका कारण उम्मेदवारद्वय रामहरि खतिवडा र यज्ञराज सुनुवार दुबै संसदीय राजनीतिमा चर्चित छन् । प्रदेश नम्बर १ मा कांग्रेसको बलियो क्षेत्रका रुपमा रहेको ओखलढुङ्गामा वाम गठबन्धनपछि तीव्र प्रतिस्पर्धाको आँकलन गरिएको छ ।

काठमाडौँ ६ मा दुई पटकको पराजयपछि एमाले सचिव योगेश भट्टराई योपटक ताप्लेजुङबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् । हारमा ब्रेक लगाउने योगेशको दौडमा कांग्रेस उम्मेदवार केशव दाहालले कडा चुनौती दिने विश्लेषण हुने गरेको छ । भट्टराई र दाहालको चुनावी प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।
नुवाकोट १ बाट कांग्रेसका रामशरण महत र वाम गठबन्धनका हितबहादुर तामाङ तेस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । दुई पटक महतसँग हार व्यहोरेका तामाङ बदला लिने दौडमा छन् । भने, महत आफ्नो विरासत जोगाउने अभियानमा छन् ।

नुवाकोट २ मा कांग्रेसकै अर्जुननरसिंह केसी र एमालेका नारायण खतिवडा प्रतिस्पर्धामा छन् । दुईको चुनावी भिडन्तलाई पनि रोचक हुने आँकलन गरिएको छ ।
जाजरकोटमा शक्ति बस्नेत र राजीवविक्रम शाह, गोरखामा हरि अधिकारी र चिनकाजी श्रेष्ठको चुनावी प्रतिस्पर्धालाई पनि चासोका साथ हेरिएको छ ।

पाँचथरबाट कांग्रेसका भीष्मराज आङदेम्बे र एमालेका बसन्त नेम्वाङ तथा सोलुृखुम्बुको कांग्रेसका बलबहादुर केसीको भाग्य फैसला पनि यसै चुनावले गर्दै छ । सोलुखुम्बुका हरेक चुनाव जित्दै आएका केसीसँग माओवादीका हेमकुमार राई प्रतिस्पर्धामा छन् ।

माओवादी नेताहरु देव गुरुङ, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीको भाग्य फैसला पनि पहिलो चरणको निर्वाचनबाट हुँदैछ । यी पाँचै जना माओवादी नेताहरुका प्रतिस्पर्धा नेपाली कांग्रेससँग छ ।

गुरुङसँग दिलबहादुर घर्ती, अनन्तसँग अमरसिंह पुन, शर्मासँग गोपालजी जंग शाह, बस्नेतसँग राजीवविक्रम शाह र महेन्द्रबहादुर शाहीसँग भुपेन्द्रजंग शाही प्रतिस्पर्धामा छन् ।

माओवादीका पाँचैजना माओवादी नेताहरु मन्त्री भइसकेका र पार्टीमा बलियो प्रभाव जमाउँदै आएका नेताहरु हुन् । तर, मतदाताहरुमाझ प्रभाव जमाएका छन् कि छैनन् भन्ने थाहा पाउन चुनावी परिणामलाई कुर्नैपर्ने हुन्छ ।

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनबाट केही हेभी–वेट नेताहरुको भाग्य फैसला हुँदैछ । कसले चुनावमा बाजी मार्छन् भनेर थाहा पाउन भने २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनपछि शुरु हुने मतगणनाको प्रतिक्षा गर्नुपर्ने छ ।

रेपोर्टर्स नेपाल बाट

(https://chiringa.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने
बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने
प्रशासन, जवाफदेहिता र विद्युतीय हस्ताक्षर-राम प्रसाद सापकोटा
प्रशासन, जवाफदेहिता र विद्युतीय हस्ताक्षर-राम प्रसाद सापकोटा
विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल हङकङसँग भिड्दै (लाइभ)
विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल हङकङसँग भिड्दै (लाइभ)
कोशी करिडारको काम शुरु
कोशी करिडारको काम शुरु
अनमोलसँग छोरी भिडाउँदै झरना
अनमोलसँग छोरी भिडाउँदै झरना
गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात
गोरु तस्करी भैरहेको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले गर्यो हातपात
वैदेशिक रोजगारीको नाममा उदयपुरमा मात्रै ३ दर्जन युवा ठगिए
वैदेशिक रोजगारीको नाममा उदयपुरमा मात्रै ३ दर्जन युवा ठगिए
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम
सयपत्री युकेको नेपालमा शाखा विस्तार
सयपत्री युकेको नेपालमा शाखा विस्तार
निषेधाज्ञा उल्लंघन गर्नेलाई यस्तो छ कारवाही र जरिवाना

तपाईंले छुटाउनुभयो कि?