गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट
सारांश
- गुल्मी, मंसिर ११ – गुल्मीको मुसिकोट नगरपालिका –१ नेटाथामामा नेपाली कांग्रेसका नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट भएको छ ।
- सोमबार पौदीअमराईबाट दलिङ्गमा हुने चुनावी कार्यक्रमका लागि जाँदै गरेका नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र कांग्रेसका क्षेत्रीय सभापति भगत खडका चढेको गाडिलाई लक्षित गरी बम प्रहार भएको हो ।
- बम विष्फोटबाट कुनै क्षति भने भएको छैन ।
गुल्मी, मंसिर ११ – गुल्मीको मुसिकोट नगरपालिका –१ नेटाथामामा नेपाली कांग्रेसका नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट भएको छ । सोमबार पौदीअमराईबाट दलिङ्गमा हुने चुनावी कार्यक्रमका लागि जाँदै गरेका नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र कांग्रेसका क्षेत्रीय सभापति भगत खडका चढेको गाडिलाई लक्षित गरी बम प्रहार भएको हो । बम विष्फोटबाट कुनै क्षति भने भएको छैन ।
घटनास्थलमा प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिनुभयो । घटनाको बारेमा थप जानकारी आउन बाँकी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया