कांग्रेसले हार स्वीकार गरिसक्यो :माधवकुमार नेपाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
कांग्रेसले हार स्वीकार गरिसक्यो :माधवकुमार नेपाल

सारांश

  • एमाले वरिष्ठ नेता एवा् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचन अघि नै कांग्रेसले पराजय स्वीकार गरिसकेको बताएका छन्।
  • प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको मिडिया डेस्कद्वारा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा कांग्रेसले हार स्वीकार गरेकै कारण जनताबीच एजेण्डाभन्दा वाम गठबन्धनविरुद्ध कू-प्रचार बढी गरिरहेको नेपालले दाबी गरे।
  • ‘जनता वाम गठबन्धनलाई बहुमत दिएर जिताउन आतुर देखिएपछि अत्तालिएर कांग्रेस भ्रमपूर्ण कू-प्रचारमा लागेको छ, जनताको बीचमा आफ्ना एजेण्डा नभएपछि पहिले-पहिले जस्तै कम्युनिष्ट सरकार आए बुढाबुढी मार्न खाल्डो खन्छ भनिरहेका छन्, नेपालले भने,‘त्यसैले कांग्रेसले दोस्रो चरणको चुनाव अगावै पराजय स्वीकार गरिसकेको छ।

एमाले वरिष्ठ नेता एवा् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचन अघि नै कांग्रेसले पराजय स्वीकार गरिसकेको बताएका छन्। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको मिडिया डेस्कद्वारा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा कांग्रेसले हार स्वीकार गरेकै कारण जनताबीच एजेण्डाभन्दा वाम गठबन्धनविरुद्ध कू-प्रचार बढी गरिरहेको नेपालले दाबी गरे।

‘जनता वाम गठबन्धनलाई बहुमत दिएर जिताउन आतुर देखिएपछि अत्तालिएर कांग्रेस भ्रमपूर्ण कू-प्रचारमा लागेको छ, जनताको बीचमा आफ्ना एजेण्डा नभएपछि पहिले-पहिले जस्तै कम्युनिष्ट सरकार आए बुढाबुढी मार्न खाल्डो खन्छ भनिरहेका छन्, नेपालले भने,‘त्यसैले कांग्रेसले दोस्रो चरणको चुनाव अगावै पराजय स्वीकार गरिसकेको छ।’

०४६ पछि तीन पटक बहुमत दिँदा पनि देश सम्हाल्न नसक्ने कांग्रेसलाई किन मत दिने प्रश्न गरिरहेको भन्दै नेपालले जनता यसपटक वाम गठबन्धनलाई बहुमत दिएर जिताउन आँतुर बनिरहेको दाबी गरे। नेपालले पहिलो चरणको निर्वाचनले वाम गठबन्धनले प्रष्ट बहुमत ल्याउने संकेत देखिएको पनि बताए। ‘बिहानीले दिउँसोको संकेत गरे जस्तै पहिलो चरणको निर्वाचनले वामपन्थीको पक्षमा जनलहर देखिएको छ, अब देशमा बहुमतसहितको सरकार बन्छ’ उनले भने।

उनले भ्रष्ट्राचार र ढिलासुस्तीको अन्त्य, कानुनी शासनको प्रत्याभूति, विकासको अभियान तीब्र बनाएर रोजगारीको अवसर सिर्जना गर्न तथा सुखी नेपाली र समृद्ध नेपालको नारा साकार पार्न जनताले वाम गठबन्धनलाई जिताएर जिताउने बताए।

नेपालले देशको समृद्धिका लागि वाम गठबन्धन राष्ट्रिय पुजीसँगै विदेशी पुँजीलाई परिचालन गर्ने पक्षमा रहेको प्रष्ट पार्दै विदेशी पुजीलाई निषेध गर्छ भन्ने कांग्रेसको भ्रमपूर्ण प्रचारमा नपर्न लगानीकर्तालाई आग्रह गरे। ‘हामी अहिलेको खुल्ला बजारमा प्रतिस्पर्धालाई स्थापित गर्न चाहान्छौं, त्यस्तै जनशक्ति पनि उत्पादन गर्न चाहान्छौं, नेपालले भने,‘लगानीका लागि राष्ट्रिय पुँजी अभाव भयो भने विदेशी पुजी परिचालनको पनि स्वागत गर्नेछौं।’

नेपालले एमाले र माओवादी केन्द्रको चुनावी तालमेलले चुनावलगत्तै एकीकरणको रुप लिने पनि प्रष्ट पारे। ‘हामीले एकीकरणसमेत गर्नेगरी चुनावी तालमेल गर्‍यौं, तर कांग्रेसले गरेको तालमेलको प्रयास देशैभर असफल भयो, नेपालले भने,‘यसबाट कांग्रेस पार्टीको खुबी र क्षमता प्रष्ट भएको छ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tika Manandhar

    यस्ता बकंफुसे कुरा नगरौं!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?