आगलागी बढ्दो : आगलागीबाट धनमाल क्षती
सारांश
- काठमाडौं, १२ फागुन कपिलबस्तु : महाराजगंज–७ बनगाई बस्ने अनिता पासीको घर र सोही स्थान बस्ने भोला कोरीको घरमा बुधबार अचानक आगलागी हुँदा करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
- कंचनपुर : पुनरबास नगरपालिका–१ बिचफाँटा बस्ने देबे कामीको गोठ नजिकै बालेको आगोबाट बुधबार अचानक आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
- बारा : कलैया नगरपालिका–३ बस्ने हिरालाल रामको भान्छा कोठामा बालेको चुलोबाट बुधबार अचानक आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
काठमाडौं, १२ फागुन
कपिलबस्तु : महाराजगंज–७ बनगाई बस्ने अनिता पासीको घर र सोही स्थान बस्ने भोला कोरीको घरमा बुधबार अचानक आगलागी हुँदा करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
कंचनपुर : पुनरबास नगरपालिका–१ बिचफाँटा बस्ने देबे कामीको गोठ नजिकै बालेको आगोबाट बुधबार अचानक आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
बारा : कलैया नगरपालिका–३ बस्ने हिरालाल रामको भान्छा कोठामा बालेको चुलोबाट बुधबार अचानक आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
मोरङ : थलहा–८ बस्ने ५२ बर्षीय थेमन्त राजबंशीको फुसको घरमा बुधबार बिजुली सर्ट भई आगलगी हुँदा थेमन्त राजबंशी लगायत ३ जनाको घरमा आगलागी भई करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
पर्सा : बिरगंज उपमहानगरपालिका–२८ चण्डालचोक बस्ने अम्बिका प्रसाद मलाहको हार्डवयर पसलमा बुधबार करेन्ट सर्ट भई आगलागी हुँदा करीब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
तनहुँ : शुक्लागण्डकी नगरपालिका–२ कपासे बस्ने ६० बर्षीय देउ बहादुर बि.क.को घरमा खाना पकाउने क्रममा बुधबार अचानक आगलागी हुँदा करीब ८ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
सुनसरी : नरसिंह–१ स्थित अर्बिन पेपर मिलमा फलामको पाईप वेल्डीङ्ग गर्ने क्रममा बुधबार आगोको झिल्का पेपर बनाउने कच्चा पदार्थ सनपाटको झुसमा परी स्टोर रुममा आगलागी हुँदा करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
बारा : गढि़माई नगरपालिका–९ नितनपुर चोक स्थित कृष्ण वनस्पति घ्यू उद्योगको गोदाममा बिहीबार बिजुली सर्ट भई आगलागी हुँदा करीब २५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
स्थानीयबासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण गर्नुका साथै यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया